हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने

काठमाडौं – भारतमा केही दिन पहिले लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कार नेपाल ल्याउने तयारी गरिरहेको र ढिलोमा आगामी भदौमा हुने नाडा अटो शोमा नेपाल आउने बताइएको छ ।

धेरै कम्पनीहरुले नाडा अटो शो लक्ष्यित गरी नयाँ गाडी भित्र्याउने गरेका छन् । हुन्डाईले पनि पछिल्लो समयमा सार्वजनिक गरेको नयाँ भेन्यु नेपाल ल्याउने र त्यो नाडा अटो शोका लागि एक आकर्षण हुने अनुमान गर्न सकिन्छ ।

२०२२ हुन्डाई भेन्युको कस्मेटिक डिजाइन फेसलिफ्टेड हुन्डाई क्रेटा र नयाँ टक्सनसँग मिल्दोजुल्दो छ । यसमा रहेको ग्रिल अब नयाँ इन्सर्टको साथ स्क्वायर आकारको भएको छ र डीआरएल पहिलेको तुलनामा पातलो देखिएको छ ।

नयाँ हुन्डाई भेन्युको प्रोफाइलमा नयाँ अलोय ह्विल पनि जडान गरिएको छ । जबकि नयाँ कनेक्टेड स्प्लिट एलईडी टेल ल्याम्प सेटअप पछाडिको भागमा प्रयोग गरिएको छ । कारको चारैतिर नयाँ डिजाइन गरिएको बम्पर उपलब्ध रहेको छ ।

कारको इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन । यसको क्याबिनमा कालो/क्रीम रङ प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । यसमा किया करेन्सको जस्तै डिजिटलाइज्ड ड्राइभर डिस्प्ले उपलब्ध छ, जबकि ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम अब एलेक्सा र गुगल भ्वाइस असिस्टेन्ट सपोर्ट गर्छ ।

नयाँ हुन्डाई भेन्युको रियरमा रिक्लाइनिङ सिट उपलब्ध छ । यसबाहेक सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल प्यान सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस फोन चार्जर र पुश बटन स्टार्टको साथमा कीलेस इन्ट्री, ६ वटा एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र आर्यएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर उपलब्ध छन् ।

नयाँ २०२२ हुन्डाई भेन्युमा हाल विद्यमान हुन्डाई भेन्युका ३ वटै इन्जिनको विकल्प दिइनेछ । यसमा १–लिटर टर्बो–पेट्रोल (१२० बीएचपी), १.५–लिटर डिजेल इन्जिन (१०० बीएचपी) र १.२–लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन (८३ बीएचपी) समावेश छ ।

भारतमा बुकिङ गरे पश्चात यो गाडी पाउनका लागि हप्तौ पर्खिनु पर्ने अवस्था रहेको समयमा नेपालमा यो गाडीका लागि समेत धेरै प्रतीक्षारत रहेको पाइन्छ । यसको मूल्य पनि त्यही समयमा तोकिने छ ।

सम्बन्धित समाचारहरू

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ ।...

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...