अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक गरेको छ । यो नयाँ वाइकलाई कम्पनीले केही समयअघि भृकुटीमण्डपमा आयोेजना भएको टिभिएस महा एक्सचेन्ज मेलामा शोकेस गरिएको थियो । सो नयाँ वाइकको मूल्य ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन हाल ३ लाख ४५ हजार रुपैयाँमा कारोबार हुँदै आएको विएस४ भर्सनको तुलनामा ३५ हजार रुपैयाँले बढी हो ।

टिभिएसले यसको विएस४ भर्सनलाई तीन भिन्न भेरियन्टमा उपलब्ध गराउँदै आइरहेको छ । जसमध्ये एबिएस र एलइडी हेडल्याम्प उपलब्ध नभएको स्मार्ट एक्स कनेक्टको मूल्य ३ लाख १९ हजार र अर्को तल्लो भेरियन्टलाई २ लाख ९१ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।

बिएस६ भर्सनको यो नयाँ वाइकको लुक्स तथा डिजाइमा कम्पनीले कुनै परिवर्तन गरेको छैन । इन्जिनमा आरटिएफआई विशेषता थप गरिएको यो वाइकले विएस४ भर्सनको तुलनामा केही बढी पावर र टर्क जेनेरेट गर्नेछ । १६० सीसी क्षमताको यो नयाँ वाइकको पावर १७.५५ पिएस र टर्क १४.७३ एनएम रहेको छ । यसैगरी बिएस४ मा सेल्फ र किक दुबै स्टार्ट उपलब्ध भएपनि यो नयाँ भर्सनमा सेल्फ स्टार्ट मात्र दिइएको छ ।

यो नयाँ वाइकमा सिंगल च्यान एबिएस जडान गरिएको छ । यसका साथै टीभीएस स्मार्ट कनेक्ट फिचरसमेत दिइएको छ । चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...