नयाँ बजाज पल्सर एन१६० : यस्ता छन् ५ महत्वपूर्ण फिचर

बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च गरिसकेको छ । पल्सर एन१६० बाइकले टीभीएस अपाचे आरटीआर १६० ४भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्नेछ । सो बाइकको विशेषताहरु यस्तो छ ।

भेरिएन्ट
नयाँ पल्सर एन१६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । ड्युअल च्यानल एबीएसको मूल्य १ लाख २८ हजार भारुमा क्यारिबियन ब्लू, रेसिङ रेड र टेक्नो ग्रे विकल्पमा उपलब्ध छ भने सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख २३ हजार भारुमा ब्रुकलिन ब्ल्याक शेडमा मात्र उपलब्ध छ ।

फिचर
नयाँ पल्सर एन१६० को डिजाइन पल्सर एन२५० सँग मिल्दोजुल्दो छ । तर यसको एक्जस्टमा भने फरक छ । यसमा एनएस १६० मा जस्तै अन्डरबेली एक्स्जस्ट सिस्टम प्रयोग गरिएको छ । नयाँ पल्सर यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङकी, अलोय ह्विल, टेललाइट, स्प्लिट सिट र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टरले सुसज्जित छ ।

नयाँ च्यासिस र सेग्मेन्ट फर्स्ट ड्युअल च्यानल एबीएस
यसमा भएको मूख्य परिवर्तन नै नयाँ ट्युबुलर फ्रेम च्यासिस हो । यो एनएस १६० मा भन्दा हल्का छ । त्यसैगरी सेग्मेनटकै पहिलो ड्युअल च्यानल एबीएस छ ।

इन्जिन
नयाँ बजाज पल्सर एन१६० मा पहिले जस्तै १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ । ड्युअल च्यानल भेरिएन्टमा ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क जडान गरिएको छ ।

टायर
बाइकमा ३७ एमएमको टेलिस्कोपिक फोर्क अप फ्रन्ट र मोनो–शक प्रयोग गरिएको छ । बाइकको फ्रन्टमा १००/८०–१७ इन्चको टायर र रियरमा १३०/७०–१७ इन्चको टायर जडान गरिएको छ । सिंगल च्यानल एबीएसको तौल १५२ केजी र ड्युअल च्यानल एबीएसको तौल १५४ केजी छ ।

सम्बन्धित समाचारहरू

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

विराटनगर – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजले १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नेपालका लागि आधिकारिक...

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...