नेक्सन इभीमा भयो आगालागी, सुरक्षालाई लिएर वढ्यो चिन्ता

टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक कार नेक्सनमा आगालागी भएको छ । मंगलबार मुम्वईमा भएको उक्त आगालागीपछि सेतो रङको सो गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । यो घटना के कसरी भयो भन्ने वारे यकिन तथ्य भने हालसम्म वाहिर आएको छैन ।

पछिल्ला दिन भारतमा इलेक्ट्रिक सवारीमा आगालागीको घटना बृद्धि भैरहेको छ । यसअघि ओला, सिम्पल वान प्योर इभी र ओकिनावा सहित अन्य थुप्रै ब्रान्डका इलेक्ट्रिक स्कुटरम आगालागी भएको थियो । उक्त घटनाले भारतमा यस्ता साधनको सुरक्षालाई लिएर गम्भिर चिन्ता व्यक्त हुँदै आइरहेको सन्दर्भमा भारतकै सर्वाधिक विक्री हुने नेक्सन इभीमा भएको यो घटनाले गम्भिर मोड लिन सक्ने आँकलन गरिएको छ ।

अगालागीको जानकारी पाउने वित्तिकै टाटा मोटर्सका प्रतिनिधीले उक्त घटनाको निरिक्षण गरी रिपोर्टिङ गरेको जनाइएको छ । यो घटनालाई आफूहरुले गम्भिर रुपमा अध्यायन गरिरहेको र अध्यायन पश्चात विस्तृत रिपोर्ट वाहिर ल्याउने कम्पनीको भनाई छ । नेक्सन इभीमा भएको यो घटनाको सत्यतथ्य वाहिर आएपछि ग्राहकको प्रतिक्रिया कस्तो रहला भन्ने विषयले यो कारको आगामी यात्रा तय हुने अनुमान गर्न सकिन्छ ।

नेक्सन इभी नेपाली बजारमा समेत सर्वाधिक माग हुँदै आएको इलेक्ट्रिक कार हो । यो कार हात पार्न अहिले पनि धेरै संख्यामा इभी पारखी प्रतिक्षारत छन् । माग वमोजिम आपूर्ती हुन नसकेपछि यो कारको अभाव कायमै छ । भारतमा भएको उक्त आगालागीको घटनाले नेपालमा यो कार प्रयोग गर्ने ग्राहकमाझ सुरक्षा चुनौती थपिएको छ ।

सम्बन्धित समाचारहरू

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीमा राहत वितरण

सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक...

नयाँ टाटा सफारी अब नेपालमा, १ करोड २२ लाख मूल्यको एसयूभीमा यस्ता छन् फिचर

नयाँ टाटा सफारी अब नेपालमा, १ करोड २२ लाख मूल्यको एसयूभीमा यस्ता छन् फिचर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी...

सिप्रद्धी अटो पार्टसले सुरुवात गर्यो टाटा एस र योद्धा पिकअपको जेन्युइन पार्टस उपलब्ध हुने छुट्टै जोन

सिप्रद्धी अटो पार्टसले सुरुवात गर्यो टाटा एस र योद्धा पिकअपको जेन्युइन पार्टस उपलब्ध हुने छुट्टै जोन

टाटा जेन्युइन पार्टसको आधिकारिक बितरक सिप्रद्धी अटो पार्टसले टाटा एस र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...