नेपालमा पेट्रोल र डिजेल दक्षिण एसियाकै महंगो, यी देशमा पाइन्छ सवैभन्दा सस्तो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर) पु-याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८ औँ र विश्वमा ८२ औँ स्थानमा छ ।

दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (एक सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ ।

केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ ।

दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँं ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (एक सय २० रुपैयाँं) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ । पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ ।

संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ ।

ग्लोबल पेट्रोलप्राइस डटकमका अनुसार इरानमा डिजेलको मूल्य अहिले प्रतिलिटर दुई रुपैयाँभन्दा कम पर्न आउँछ । पेट्रोलियम सस्तोमा बेच्नेमा भेनेजुएलापछि लिबिया र इरान छन । लिबियामा पेट्रोल र डिजेल दुवै प्रतिलिटर ०.०३१ डलर (चार रुपैयाँं) छ । त्यस्तै, इरानमा पेट्रोल प्रतिलिटर ०.०५३ डलर (सात रुपैयाँ) र डिजेल प्रतिलिटर ०.०११ डलर (एक रुपैयाँ ३८ पैसा) छ । पेट्रोलियम पदार्थको भाउ सबैभन्दा महँगो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर २.९९९ डलर (तीन सय ७५ रुपैयाँ) र डिजेल २.७७१ डलर (तीन सय ४७ रुपैयाँ) छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, डिजेलमा कति ?

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, डिजेलमा कति ?

काठमाडौं–नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत

काठमाडौँ। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...