मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ

मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको नयाँ ब्रेजाको पहिलो टिजर सार्वजनिक भएको छ । यसका लागि बुकिङ समेत खुला भएको कम्पनीले बताएको छ ।

कम्पनीले सन् २०१६ देखि बजारमा उपलब्ध गराएको भिटारा ब्रेजामा भएको भिटारा शब्द अब हट्ने छ र यसको नाम ब्रेजा मात्र रहने छ । टिजर अनुसार यसको अघिल्लो भागमा फ्रेस स्टाइलिङ हुनेछ भने एंगुलर हेडल्याम्प डिजाइन र स्टाइलिस डे टाइम रनिङ लाइट हुनेछ । यो पहिलेकै जस्तो प्लेटफर्ममा उपलब्ध हुनेछ भने अल न्यु बडी प्यानल र इन्टेरियर हुनेछ ।

यसमा सनरुफ हुनेछ भने ६–स्पिड अटोमेटिक गियरबक्स हुनेछ । नयाँ मारुती सुजुकी ब्रेजामा नयाँ डिजाइन गरिएको हेडलाइट क्लस्टर र एलईडी डीआरएलसहित २ वटा ब्ल्याक ग्रिल हुनेछन् । बम्परमा नयाँ फगलाइट हाउजिङ र सिल्भर स्किड प्लेट समावेश गरिएको छ ।

कारको साइड पार्टमा अलोय ह्विल दिइएको छ भने ह्विल आर्च चौडा राखिएको छ । यसमा पुरानो मोडलको तुलनामा अलिकति फराकिलो क्ल्याडिङ छ । साथै यसमा ठूलो क्वार्टर ग्लास, ठूलो रुफ रेल र शार्क फिन एन्टेना दिइएको छ । कम्पनीले यसलाई मोनो टोन र ड्युअल टोन दुवै अवतारमा ल्याउन लागेको छ । यसको बम्पर परिवर्तन गरी सिल्भर स्किड प्लेट दिइनेछ ।

नयाँ ब्रेजामा पहिले भन्दा राम्रो ड्यासबोर्ड हुनेछ । यसमा ठूलो ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, आधुनिक हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, १२ भोल्टको सकेट र पुस स्टार्ट/स्टप बटन जस्ता फिचर रहेको छ । मारुती सुजुकीले हालसालै आफ्ना धेरै मोडललाई ६ एयरब्याग र ४ एयरब्यागमा अपडेट गरेको छ ।

कम्पनीले यसमा हालको १.५ लिटर पेट्रोल इन्जिन दिनेछ, जसले १०३ बीएचपी पावर र १३८ एनएमको टर्क उत्पन्न गर्छ । यसको इन्जिनमा ५ स्पिड म्यानुअल र ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स जोडिएको छ । यसमा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प पनि रहेको छ ।

आगामी दिनमा यो गाडीले बजारमा उपलब्ध हुन्डाई भेन्यु, किया सोनेट, टाटा नेक्सन, निसान म्याग्नाइट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

२६.६८ किमी माइलेज दिने नयाँ सेलेरियोको खुल्यो प्रि–बुकिङ, सुरुवाती मूल्य २७ लाख ९९ हजार

२६.६८ किमी माइलेज दिने नयाँ सेलेरियोको खुल्यो प्रि–बुकिङ, सुरुवाती मूल्य २७ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो उपलब्ध हुने भएको छ ।...

भारतमा पनि हुने भयो इलेक्ट्रिक गाडीको दौड प्रतियोगिता फर्मुला–ई रेस

भारतमा पनि हुने भयो इलेक्ट्रिक गाडीको दौड प्रतियोगिता फर्मुला–ई रेस

इलेक्ट्रिक कारबीच हुने प्रतिस्पर्धा फर्मुला–ई रेसिङ आयोजना गर्ने कम्पनी...

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...