२५ लाख इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य, तर हालसम्म ५९ हजार ६५८ मात्र जडान
काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा...
क्लच सवारी साधनमा प्रयोग हुने अत्यावश्यकीय मेकानिकल पार्ट हो । यसले नै गाडीलाई अगाडि बढाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्छ । क्लच पेडल र योसँग सम्बन्धित विभिन्न मेकानिकल पार्ट्सको संयोजनबाट सवारी साधनले आफ्नो कार्य सम्पन्न गर्न सक्छ ।
क्लचमा समस्या आएमा गम्भीर दुर्घटना हुने सम्भावना पनि हुन्छ । त्यसैले क्लचमा समस्या आउनु भन्दा पहिले नै यसको पहिचान गरी समस्या समाधान गर्नु आवश्यक हुन्छ । क्लच बिग्रिनु भन्दा पहिले नै यसमा समस्या आउन थालेका संकेत देखिन्छन् । त्यस्ता संकेतको वारेमा जानकारी राख्नु आवश्यक हुन्छ ।
क्लच पेडल नरम र स्पोन्जी भएमा
सामान्यतया क्लच पेडल दबाउदा वा थिच्दा नरम हुन्छ र सजिलै थिचिन्छ । यस्तो अवस्थामा सवारी चालकले आफ्नो सवारी साधनको क्लच प्लेट सिस्टममा केही खराबी देखिदैछ भन्ने कुरा बुझ्नु पर्छ ।
गाडीको इन्जिन उच्च गतिमा घुमिरहेको छ, तर गाडीको गति सुस्त छ
गाडी गियरमा भएको अवस्थामा तपाई गाडीको गति धेरै गराउन चाहनुहन्छ । तर जब तपाई क्लच दबाउनु हुन्छ, त्यो बेला इन्जिनभित्र हावा र इन्धन धेरै जान्छ । यो अवस्थामा इन्जिनको गति धेरै, तर गाडीको गति कम हुन्छ । यो क्लच चिप्लिएको संकेत हो । क्लच डिस्कको विन्दुमा बिग्रिएको छ कि वा फ्लाई ह्विल र प्रेसर प्लेटलाई समात्न समस्या भइरहेको छ कि वा क्लच प्लेट लाइनर पो गयो कि ? यो अवस्थामा इन्जिनलाई घुमाउने शक्ति ट्रान्सफर गर्न समस्या हुन्छ ।
क्लच ह्विलपिङ हुने, ह्यान्डब्रेकलाई, सिफ्टरलाई दोस्रो वा तेस्रो गियरमा क्लच इन्गेज गरी घुमाउने र त्यसपछि विस्तारै क्लच प्याडल छोड्नुहोस् । यो अवस्थामा कार रोकिनु पर्छ । यदि यो भएन भने तपाईको क्लच चिप्लिदै छ वा क्लचमा खराबी छ भन्ने कुरा बुझ्नु पर्छ ।
सर्न गाहृो हुने
यदि तपाई, तपाईको कारलाई रिभर्स गियरमा सिफ्ट गर्दै हुनुहुन्छ भने यो अवस्थामा क्रान्कसाफ्टबाट विपरित दिशामा पावर डाइभर्ट गर्दै हुनुहुन्छ । यो ड्राइभट्रेनको लागि निकै नै ठूलो प्रक्रिया हो । त्यसैले कहिलेकाहिं सिफ्ट रिभर्स हुँदा कटक्क आवाज आएको महसुस हुने वा सुनिने हुन्छ । यो एउटा समस्याको संकेत हुन सक्छ । यदि फेरि अर्को गियरमा सिफ्ट गर्दा गाहृो महसुस हुन्छ भने क्लच सिस्टममा केही खराबी छ भन्ने कुरा थाहा हुन्छ ।
असामान्य आवाज
कुनै असामान्य आवाज आयो भने धेरै चिजहरुमा खराबी छ भन्ने बुझिन्छ । क्लचको सन्दर्भमा पनि यही हुन्छ । क्लच छोड्दा असामान्य आवाज आउन सक्छ । यसमा क्लच रिलिज मेकानिज्मले भूमिका खेल्छ । नयाँ गाडीहरुमा हाइड्रोलिक मेकानिज्म हुन्छ भने पुराना गाडीहरुमा मेकानिकल सेटअप हुन्छ । मेकानिजम अनुसार कुनै पार्ट सुख्खा भयो वा केही खराबी भयो भने ठूलो चिच्याहटा वा स्क्र्यापिङ जस्तो आवाज आउन सक्छ । आवाज अनुसार यो रिलिज बेरिङ वा पाइलट क्रान्कसाफ्ट बेरिङमा समस्या हुन सक्छ ।
क्याबिनमा नराम्रो गन्ध
कहिलेकाहिं क्लच पेडल प्रयोग नभएको अवस्थामा पनि खुट्टा त्यही छोड्ने बानी हुन्छ । यसलाई राइडिङ द क्लच पनि भनिन्छ । यो अवस्थामा क्याबिन नै धुवाँले भरिने सम्भावना पनि हुन्छ । यसले क्लच फेसिङ ओभरहिट भएको संकेत गर्छ । यदि यसलाई समाधान गर्ने प्रयत्न गरिएन भने वेयर र टियरको समस्या पनि हुन्छ ।
कुनै समयमा क्लच पेडल फेर्नु अनिवार्य नै हुन्छ । तर पनि क्लचको आयु लामो बनाउनका लागि हामी विभिन्न कार्य गर्न भने सक्छौ ।
– राइड क्लच नगरौ । क्लच पेडल उपयोग नगरिरहेको समयमा बायाँ खुट्टालाई क्लच भन्दा बाहिरै राखौ ।
– परम्परागत तरिकाले ड्राइभ गर्नुहोस्। हो, यस तरिकाले ड्राइभ गर्नु रमाइलो हुँदैन, तर यसले कारलाई सुरक्षित राख्न सहयोग गर्छ । फुल स्पिड टेकअफ र हार्ड सिफ्ट गर्नबाट बच्नुहोस् ।
– यदि तपाइँ केही सेकेन्ड भन्दा बढी समयका लागि मात्र स्टपमा हुनुहुन्छ भने तपाइँको क्लच पेडललाई त्यत्तिकै नराख्नुहोस् ।
– आफ्नो क्लच र थ्रोटललाई सन्तुलनमा राखेर ‘ह्याङ’ नगर्नुहोस् । यदि तपाईं स्टिप फुल स्टपमा हुनुहुन्छ भने, स्थिर रहन आफ्नो ह्यान्डब्रेक प्रयोग गर्नुहोस् । यसबाहेक हिल स्टार्टको समयमा पनि विशेष सिपयुक्त ड्राइभरको आवश्यकता पर्न सक्छ ।
– यस्ता सबै कार्य गरिसके पनि क्लचको वारेमा राम्रो ज्ञान राख्ने अन्तिम व्यक्ति त मेकानिक्स नै हो । त्यसैले मेकानिक्सलाई देखाएर आवश्यक मर्मत सम्भार गर्न सकिन्छ ।
काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा...
आधुनिक कारहरू प्रविधिगतरूपमा निकै उन्नत भइसकेका छन्, जसले चालकलाई समयमै...
यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...