बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरेपछि अहिले यस्ता मोटरसाइकलको मूल्य धमाधम वृद्धि भैरहेको छ । कतिपय कम्पनीहरुले प्रि–बजेट अफर भनेर पुरानै मूल्यमा मोटरसाइकल उपलब्ध गराउने बताइरहेका छन् भने कतिपयले मूल्य बढाइसकेको सार्वजनिक गरेका छन् । बजेट आएको १० दिनपनि वित्न नपाउँदै मूल्य वृद्धि हुन थालेपछि कतै व्यवसायीयले बजेट अघि आयात गरी ल्याएका पुराना मोटरसाइकलको समेत मूल्य वृद्धि गरेका त होइनन् भनेर प्रश्नहरु उठ्न थालेका छन् ।

बजेट आउनुभन्दा अघि भन्सार पास भएर नेपाल भित्रिएका यस्ता साधनको मूल्य पुरानै कायम हुनुपर्नेमा कतै व्यवसायीले मौकामा चौका हानेर पुरानै स्टकको समेत मूल्य वृद्धि गरेका त हैनन् भनेर शंका गर्ने आधार समेत देखिएको छ । बजेट आएपछि सबैभन्दा पहिले बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले २०० सीसी माथि सेग्मेन्टमा सर्वाधिक लोकप्रिय मोडल पल्सर २२० एफ एबीएसमा २० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । यसको नन् एबीएसमा भने उसले पुरानै मूल्य कायम गरेको छ ।

उक्त कम्पनीले जेठ १८ देखि भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मेलामै यो मोटरसाइकलको मूल्य वृद्धि हुने तर मेला अवधिमा खरिद गर्नेलाई पुरानै मूल्यमा उपलब्ध गराउने बताएको थियो । २४ गते मेला सकिए लगत्तै कम्पनीले यो वाइकमा २० हजार रुपैयाँ वृद्धि गरेर नयाँ मूल्य सूची सार्वजनिक गर्यो । मेलाकै क्रममा एभेन्जर क्रुज र डोमिनार २५० को पनि मूल्य वृद्धि भएको भन्दै समाचार वाहिर आएपनि पछि कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीमा भने यी बाइकको मूल्य पुरानै कायम गरिएको थियो ।

बजेट आएको १० दिन पनि वित्न नपाउँदै एउटै मोडलमा २० हजार रुपैयाँसम्मले मूल्य वढेपछि यसलाई अधिकांशले बजेटको असरका रुपमा लिए । तर यो मूल्य बजेटमा गरिएको भन्सार र अन्तःशुल्कको वृद्धिले नभई नियमित प्रक्रियाअनुरुप बढेको कम्पनी स्रोतले बताएको छ । २०१ देखि २५० सीसी सेग्मेन्टमा अन्तःशुल्क २० र भन्सार १० प्रतिशतले वृद्धि हुँदा यो बाइकको मूल्य धेरै अन्तरले बढ्ने देखिन्छ ।

बजाजपछि होन्डा मोटरसाइकलको बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले सिवी ३५० आर र हाइनेस सिवी ३५० मोडलको मूल्य भारी मात्राले वृद्धि गर्यो । होन्डाले यी बाइकको मूल्य क्रमशः १ लाख र ७४ हजार रुपैयाँ वृद्धि गरेको हो । जसलाई बजेटपछि वृद्धि भएको करले बढाएको हो । बजेट आउनुभन्दा केही समयपहिले यी बाइक सोल्ड आउट भएको बताएको होन्डाले बजेट लगत्तै मूल्य वृद्धि गरेर बिक्री थालेपछि यसको केही युनिट बजेट अगावै भन्सार पास भएर आएको र सोही बाइकमा मूल्य वृद्धि गरिएको अनुमान गर्न थालिएको छ ।

होन्डाको सिको गर्दै त्यसपछि केटीएम, रोयल इन्फिल्ड र क्रसफायरले पनि मूल्य बढाएका छन् । केटीएमले ड्युक २०० र २५० मोडलको मूल्य वृद्धि गरेको छ । यी बाइकमा क्रमशः २० र ८० हजार रुपैयाँ वृद्धि गरिएको हो । जसमध्ये ड्युक २५० मा बजेटको प्रभाव देखिएको हो ।

उता रोयल इन्फिल्डको नयाँ बिक्रेता अल्फा अटोमोटिभ्सले वृद्धि भएको मूल्य सहित नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । तत्कालका लागि क्लासिक ३५० र मेटियर मोडल मात्र उपलब्ध गराउने योजना बनाएको यो कम्पनीले यी बाइकको मूल्य यसअघिको तुलनामा २ लाख रुपैयाँसम्मले महंगो बनाएको छ । रोयल इन्फिल्डको हालै बिक्रेता परिवर्तन भएको र नयाँ विक्रेताले यी बाइकलाई बजेट अगावै भित्र्याएको र बजेटमा मूल्य वृद्धि हुने अनुमान गर्दै त्यसै अनुसार बजेट पश्चात मूल्य सार्वजनिक गरेको अनुमान पनि कतिपयले गरेका छन् ।

यसैगरी क्रसफायरले पनि तीनवटा मोडलको मूल्यमा भारी मात्राले वृद्धि गरेको छ । नयाँ मूल्य सूची अनुसार यसको आरएम २५० मा १ लाख ४० हजार, एचजे २५० मा १ लाख र ट्रेकर २५० मा ३५ हजार रुपैयाँ वृद्धि भएको छ । क्रसफायरको यी बाइक प्रायः नेपाली बजारमा सर्टेजकै अवस्थामा रहँदै आएका कारण पनि उसले नयाँ लटका लागि मूल्य बढाएको अनुमान लगाउन सकिन्छ ।

यसरी बजेट लगत्तै मुल्य वृद्धि हुनुलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने एकजना अटोमोबाइल व्यवसायीले नेपाल अटोलाई बताएका छन् । उनका अनुसार प्रायः सबै व्रान्डसँग कम्तीमा पनि १ महिनाको माग धान्ने स्टक रहने भएपनि बजेट आएको १० दिनपछि बाटै धमाधम मूल्य वृद्धि हुँदै जानुले कतै व्यवसायीले पुरानो स्टकको समेत मूल्य बढाएका त होइनन् भनेर शंका गर्नुपर्ने देखिन्छ । यदि यसो हो भने यसलाई हदैसम्मको नाफाखोरी र वद्मासी मान्नुपर्ने उनको ठम्याई छ । यद्यपि धेरै महंगो मूल्यका बाइक भने पहिले ग्राहकले बुकिङ गरे पछि मात्र ल्याइने भएकाले आगामी दिनमा नेपाल भित्र्याउदा नयाँ भन्सार दर लाग्ने र नेपाल भित्रिन पनि समय लाग्ने कम्पनीहरुले बताउदै आएका छन् । महंगा बाइक कम्पनीहरुले स्टकमा नराख्ने र बुकिङ गरे पश्चात मात्र धेरैले अर्डर गर्ने गरेका हुन्छन् ।

हाल मूल्य वृद्धि भएका यी मोटरसाइकलको स्टक बजेट अघि कुन अवस्थामा थियो भनेर जानकारी दिने कुनै निकाय नभएका कारण पनि यो विषयको टुंगो सहज रुपमा नलाग्ने स्पष्ट देखिन्छ । यसका वावजुद भोलिका दिनमा बजेट अघि र लगत्तै भन्सार पास भएका यी मोटरसाइकलको अवस्था वारेमा सबैलाई जानकारी दिने कुनै निकायको व्यवस्था हुनुपर्ने आवश्यकता भने छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल

यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल

रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...

एक वर्षमा ५० देशमा ५० हजार ट्रायम्फ बाइक बिक्री, ल्यायो अफर

एक वर्षमा ५० देशमा ५० हजार ट्रायम्फ बाइक बिक्री, ल्यायो अफर

भारतमा ट्रायम्फ स्पिड ४०० बाइक लन्च भएको एक वर्ष पुगेको छ । सो अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...