काठमाडौं–राइनसकोट बुलेट राइड सम्पन्न, ‘दि वल्ड स्कुल मोटरसाइकल’ क्लवका ४० राइडर सहभागी
काठमाडौं–‘दि वल्ड स्कुल मोटरसाकल’ क्लवले काठमाडौंदेखी लमजुङको...
रोयल इन्फिल्डको पुरानो बिक्रेता दुगड समुह अन्तर्गतको विवेक अटोमोवाइल्सले आफूसँग भएको सम्पूर्ण स्टक बिक्री गरेको छ । विगत ३ दशकयता रोयल इन्फिल्डको बिक्री वितरण गर्दै आइरहेको यो कम्पनीको डिलरसिप पछिल्लो समय त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ्सले लिएको छ । यो कम्पनीले केही दिन पहिलेमात्र नयाँ मूल्य सूची सार्वजनिक गरेर मोटरसाइकलको बिक्री औपचारिक रुपमा थालेको थियो ।
विवेक अटोमोवाइल्सले यसअघि बुलेट इलेक्ट्रा, क्लासिक ३५०, मेटियर, इन्टरसेप्टर, थन्डरवर्ड र हिमालयन गरी कुल ६ वटा मोडल आयात गरी कारोबार गर्दै आइरहेको थियो । जसमध्ये सबैभन्दा बढी माग वुलेट इलेक्ट्रा र क्लासिक ३५० को रहँदै आएको थियो । यी बाइक प्रायः सर्टेजको अवस्थामा रहने हुँदा ग्राहकले बुकिङ लिएपछि मात्र हात पार्न सकिने अवस्था रहँदै आएको थियो ।
डिलरसिप परिवर्तन हुने लगभग पक्कापक्की जस्तै भएपछि यसको उत्पादक कम्पनीले केही समय पहिलेदेखि नै दुगडलाई नयाँ बाइक पठाएको थिएन । उक्त समय उसले आफूसँग भएको पुरानो स्टकलाई बिक्री गर्दै आइरहेको थियो । कम्पनी स्रोतका अनुसार अहिले दुगडसँग केही थान मेटियर र इन्टरसेप्टर वाहेक सबै युनिट बिक्री भैसकेको छ । ‘हामीसँग अहिले कुनै पनि स्टक उपलब्ध छैन भन्दा फरक पर्दैन । केही थान भएपनि त्यसलाई कम्पनीमा कार्यरत कर्मचारीहरुले खरिद गर्ने सहमति भैसकेको छ । सरकारले बजेटमा भन्सार र अन्तःशुल्क वृद्धि गरेका कारण ठूलो अन्तरले मूल्य वृद्धि हुने भएपनि हामीले पुरानै मूल्यमा बिक्री गरेका हौ’ उक्त स्रोतले नेपाल अटोसँग भन्यो ।
कम्पनीसँग मोटरसाइकलको स्टक नभएपनि स्पेयर पार्ट्स भने अझै ठूलो परिमाणमा रहेको बताइएको छ । यी स्पेयर पार्ट्सको व्यवस्थापन कसरी गर्ने भनेर कम्पनीले तयारी गरिरहेको उक्त स्रोतको भनाइ छ । ‘बजारमा रोयल इन्फिल्डको जेन्युइन पार्टस्को माग निकै उच्च छ । जसका कारण हामीलाई बिक्री गर्न खासै कठिन हुने देखिरहेका छैनौ । अहिले पनि अधिकांश वर्कशप र स्पेयर पार्ट्स आउटलेटले हामीबाटै खरिद गरिरहेका छन् । हामीले पनि उनीहरुलाई सहुलियत मूल्यमै बिक्री गरिरहेका छौ । अवको केही समयपछि सम्भवतः हामीसँग भएको स्टक क्लियर हुँदै जान्छ’ स्रोतले बताएको छ ।
नयाँ बिक्रेता अल्फा अटोमोटिभले तत्कालका लागि क्लासिक र मेटियर मोडल मात्र उपलब्ध गराउने भन्दै यी बाइकको बिक्री थालिसकेको भएपनि उसले यसअघि बिक्री भएका अन्य मोडलका लागि आवश्यक स्पेयर पार्ट्सको व्यवस्थापन वारेमा भने सार्वजनिक रुपमा केही बताएको छैन । यस्तोमा दुगडसँग भएको स्टकले ग्राहकलाई सहज बनाउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं–‘दि वल्ड स्कुल मोटरसाकल’ क्लवले काठमाडौंदेखी लमजुङको...
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...