टीभीएसको नयाँ स्किम : दुई वर्ष सम्म रोड ट्याक्स फ्रि

काठमाडौं – टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्ष सम्म रोड ट्याक्स तिर्नु नपर्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै यो स्किम सार्वजनिक गरेको हो ।

कम्पनीले ‘टीभीएसको साथ, दुई वर्षको लागि नो रोड ट्याक्स’ नामक अफर सार्वजनिक गरेको हो । सामान्यतः एक वर्षको रोड ट्याक्स धेरै कम्पनीहरुले निःशुल्क गर्ने भए पनि दुई वर्षको ट्याक्स नै टीभीएसले आफै तिरिदिएर निःशुल्क गर्ने भएको हो ।

कुनै पनि मोटरसाइकल वा स्कुटरले वार्षिक रुपमा सडक दस्तुर अर्थात रोड ट्याक्स तिर्नु पर्छ ।

जगदम्बा मोटर्सले हाल टीभीएसका कुनै पनि शोरुमबाट ४० प्रतिशत सम्म रकम डाउन पेमेन्ट गरी शून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्म किस्ता तिर्न सकिने गरी कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सकिने सुविधा उपलब्ध गराइरहेको छ । यसका लागि फाइनान्सको सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ...

औपचारिक रुपमै लन्च भयो टीभीएस रोनिन, यस्तो छ मूल्य र विशेषता

औपचारिक रुपमै लन्च भयो टीभीएस रोनिन, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

फुल ब्ल्याक कलरमा टीभीएस जुपिटरको नयाँ विशेष संस्करण लन्च

फुल ब्ल्याक कलरमा टीभीएस जुपिटरको नयाँ विशेष संस्करण लन्च

टीभीएसले आफ्नो लोकप्रिय र सर्वाधिक बिक्री हुने स्कुटर जुपिटर ११० को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...