रोयल इन्फिल्डको सबैभन्दा सस्तो वाइक हन्टर ३५० को तस्विर वाहिरयो, यस्तो हुनेछ मूल्य

रोयल इन्फिल्डले ल्याउन लागेको सबैभन्दा सस्तो मोडल हन्टर ३५० को तस्विर वाहिरिएको छ । यसअघि स्पाई तस्विर मात्र सार्वजनिक भएको या वाइकको पुरा तस्विर विभिन्न अनलाईन प्लेटफर्ममा देखिएको हो । यो वाइकलाई कम्पनीले यसै महिनाको अन्तिम सम्ममा लन्च गर्ने तयारी थालेको छ ।

हाल बजारमा प्रचलित मेटियर ३५० भन्दा यो फरक देखिएको छ । यसमा रोड टायर प्रयोग गरिएकोले विशेष गरी हाइवे क्रुजरका लागि बनाइएको जस्तो लाग्छ । तस्बिरमा टेललाइट एसेम्बलीको खुलासा भएको छ । यसमा सानो गोलाकार टेललाइट छ र यो एलईडीयुक्त छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क र पछिल्लो भागमा ट्विन स्प्रिङ सक एब्जर्बरको प्रयोग गरिएको छ । मेटियर र क्लासिकमा प्रयोग गरिएको जे सिरिजको ३४९ सिसीको इन्जिन जडान हुने यसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ५–स्पिड गियरबक्स दिइएको छ ।

दुवै पांग्रामा सिंगल डिस्कको प्रयोग गरिएको यो वाइक ड्युअल च्यानल एबीएस भेरियन्टमा समेत आउन सक्ने आँकलन गरिएको छ । पिलियन राइडरलाई आरामदायिता प्रदान गर्न एक पिलर ब्याकरेस्ट पनि हुनेछ ।

यो वाइकको मूल्य १ लाख ४० हजार भारुसम्म पर्न सक्ने अनुमान लगाइएको छ । भारतीय बजारमा लन्च भएपछि लगत्तै यो नयाँ मोडल नेपाल भित्रिन सक्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...