गाडी गुडाउने कि जहाज उडाउने ?

आजकाल निकै समाचार सुनिन्छ । गोर्खामा जहाज । इलाममा जहाज । बलेवामा जहाज आदि । सुन्दा राम्रै लाग्छ । मिडियामा आउने नै भो । जहाजमा जानेलाने नेता, प्रशासक र पाइलटलाई फुलमाला, बाजागाजा अनि भाषण छदैछ ।

भोलिपल्टदेखि जहाज उड्यो, उडेन । उडिरहन सक्ने आधार के छन् ? जनताको खल्तीमा दाम छ छैन ? जहाजमा यात्रा कत्तिको सम्भव छ । त्यस क्षेत्रका जनताका लागि भन्ने कुरा अरुलाई के मतलब भो र !

चैते हुरीझैं अन्तर्राष्ट्रिय एयरपोर्टको कुरा चलेको छ । कम्तिमा कुनै एउटा कोटधारी, जो अलिअलि अङ्ग्रेजी बोल्नेछ भने एयरपोर्टको गफ नगर्ने त कुरै भएन । जनतासम्म मिडियाभन्दा कमको कुरै छोडौं ।

एक किसिमले राम्रै हो । तर, पटकपटक कतिवटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने त्यसको लागि बजेट जुटाउन सकिएला । जनशक्ति, कच्चा पदार्थ, कानुनी प्रक्रिया, जग्गा अधिग्रहणजस्ता काममा हामी कतिको सक्षम, चुस्त छौं ? त्यसैमा निर्भर छ । अन्तर्राष्ट्रिय एयररुटको समस्या
अर्काे पाटो भयो ।

एकैपटकमा धेरै एयरपोर्टको कुरा गर्नुभन्दा पहिले भैरहवा एयरपोर्टको काम फटाफट सक्ने कि ! सम्पूर्ण बजेट, जनशक्ति, कानुनी विषयमा संलग्न हुने कि ! काठमाडौको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्टको अवस्था सबैलाई थाहा छ । पहिले भैरहवा, त्यसपछि मात्र पोखरा, निजगढ जाने

कि ! बरु विराटनगर, नेपालगञ्ज, धनगढीे विकल्प सोच्ने कि !

सन्दर्भमात्र एयरपोर्टको हो । खासमा एयरपोर्टको चर्चा होइन, रोड ट्रान्सपोर्टको कुरा गर्न खाजेको हुँ । जुन एक अर्कासँग जोडिएका विषय हुन् ।

अधिकांशको गुनासो चितवन, पोखरा, सिमरा, भैरहवासमेत जाने जहाज समयमा उडेनन् । सधै ट्राफिक जाम भयो । एयर ट्राफिक जामले के के विपत् निम्त्यायो । अहिले यो भन्ने समय होइन, देशकै सवाल छ । एकछिन कल्पना गरौं किन हामी सिमरा, भरतपुर, पोखराका लागि प्लेनमा जादा पनि घण्टौं खर्चन्छौं ? त्यति समयमा गाडीमार्फत निकै सस्तो खर्चमा पुग्छौं । अब सजिलो पारौं काठमाडौ–पोखरा, चितवन–सिमरा, भैरहवासमेत जाने चौडा व्यवस्थित सडक, रमणीय दृश्यसहितको यात्रा । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सके हामी प्लेनमा जान घण्टौं समय खर्चनु पर्दैन ।

काठमाडौ एयरपोर्टबाट रुटको जहाज नउड्ने या कम उड्ने भने धेरै समस्या भोग्नुपर्छ ! समस्या समाधानतिर ध्यान नदिएर टोलटोलमा प्लेन उडाउन सुर छ । कुश्मा पारिपट्टिे बलेवामा उडान कति दिगो होला ! बरु त्यस क्षेत्रमा लगानी गर्ने रकममा स्थानीय सरकारले थपेर हेम्जा–बागलुङ सडक फराकिलो बनाउनु बुद्धिमानी होला । जसले डेढ घण्टामा सजिलै पोखरा बागलुङ गराउछ । प्लेनमा सबै प्रक्रिया पूरा गर्दा कम्तिमा एक घण्टा लाग्ला नै । अनि प्लेन समयमै उडे त राम्रो ।

काठमाडौ–हेटौंडा सडकमा किन रमिता चलाएको होला ? एउटै सडकमा एकमुष्ट लगानी गर्दा सजिलै हेटौंडा पुग्न सक्थ्यौं । सुरुङ मार्ग, फास्ट ट्र्याकको नाममा विचौलियाको दिन पनि सकिन्थ्यो । लाग्छ हाम्रो सरकारले हेटौंडामा एयरपोर्ट शिलान्यास गर्न बेर छैन । कम्तिमा केही गर्ने सपना बोकेका मन्त्री आउनुभएको छ । पर्यटन, यातायात दुवैमा रमिता र गैरजिम्मेवार कामबाट जोगिनुहुन्छ होला ।

सम्बन्धित निकायले पनि केपी ओलीकै स्पिडमा काम गरे भने केही वर्षभित्र केही घण्टामै हामी सोलु पुग्न सक्छौं । किन इलामे डाडामा एयरपोर्ट ! भद्रपुर–इलाम खण्डमा केही लगानी थपेर फटाफट काम गरौं । सार्वजनिक यातायात व्यवस्थित गरौं । सवारी साधनबाटै एक
घण्टामा पुगौं ।

गर्न सकिन्छ, गर्नु पनि पर्छ । यथार्थता यही हो । तर, अलिक आत्मबल, इमान्दारीता भने चाहिन्छ । हामी कहा फेल भयौं भनेर सोच्ने बेला भएको छ । योजना बनाउने मात्र नभै कार्यान्वयन गर्ने । सबैको लागि अब सडक, पुल, पूर्वाधारमा रकम वृद्धि गर्नुपर्छ । नालायक विकासे मोडलबाट मुक्त हुनुपर्छ । सुन्दैछु स्थानीय सरकारलाई फेरि सडक, अस्पताल, विद्यालयभन्दा मेला र महोत्सवमा बढी लगाव हु“दैछ भने हाम्रो दुर्भाग्य हो ।

जादाजादै,
किन आम नेपालीको सडक, यातायामा विश्वास भएन ? किनभने कार्यशैली, यातायात, सडक प्रशासन, ठेक्काको चरित्र, मुआब्जाको राजनीति । श्रीलंका सानो भए पनि थुप्रै एयरपोर्ट छन् । अधिकांश बेरोजगार छन् । नेपालमा थुप्रै अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनुको विरोधी म होइन । बनेका एयरपोर्ट कसरी सञ्चालन होलान् भन्ने चिन्ता हो । एयरपोर्ट पनि सडकजस्तो बेहाल बनायौं भने असर पर्ला । हाम्रा लागि उत्तर–दक्षिण कनेक्टिभिटी जरुरी छ । तर, अधिकांश एयरपोर्ट पूर्व–
पश्चिम छन् । पाच वर्षभित्रै ४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टले काम पाउन पनि सडक पूर्वाधार पहिलो सर्त हो । फेरि भन्छु भविष्यको लागि रेलवे, मास ट्रान्सपोर्टेसन हाम्रो एकमात्र विकल्प हो ।

(आज सार्वजनिक गरिने गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ बाट)

सम्बन्धित समाचारहरू

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौं– विश्व पर्यटन दिवसको अवसरमा नासा(नेपाल अटोमोबाईल्स एसोसिएसन)...

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...