किया सेल्टोस फेसलिफ्ट आउँदै, देखियो परीक्षणमा

किया मोटर्सले २०१९ मा सेल्टोसको साथमा भारतीय बजारमा पहिलो पटक प्रवेश गरेको थियो । यो एसयूभीले भारतमा लन्च भएदेखि बिक्रीमा उत्कृष्ट सफलता हासिल गरेको छ । किया सेल्टोसको मिडलाइफ फेसलिफ्ट अपडेट गरिएको भर्सन छिट्टै भारतमा लन्च हुने भएको छ ।

किया सेल्टोस फेसलिफ्ट हालै परीक्षणको समयमा देखा परेको छ । अपडेट सेल्टोसको डिजाइन गोप्य राख्नको लागि परीक्षण मोडेल पूर्ण रूपमा कभर गरिएको थियो । यसको सिल्हुट हालको किया सेल्टोससँग मिल्दोजुल्दो थियो, यद्यपि स्टाइलमा केही परिवर्तन हुने अपेक्षा गरिएको छ ।

सो एसयूभीमा अपडेट गरिएको नयाँ फ्रन्ट डिजाइन देख्न सकिन्छ साथै हेडलाइट र टेललाइटको साथै बम्पर पनि रिडिजाइन गरिएको छ । फेसलिफ्टेड सेल्टोसको इन्टेरियरको बारेमा कुनै खुलासा गरिएको छैन । यसको अपहोल्स्ट्री र नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल पनि अपडेट गरिएको छ ।

रिपोर्टका अनुसार किया सेल्टोस फेसलिफ्टमा प्यानोरामिक सनरुफ उपलब्ध हुनेछ । यसको साथै कनेक्टेड कार सिस्टम पनि अपडेट गर्नेछ ।

रिपोर्टका अनुसार अपडेट कियामा हाइब्रिड पावरट्रेन विकल्पको रुपमा डिजेल इन्जिन जोडिनेछ । तर १.५ लिटर टर्बोचार्ज डिजेल इन्जिन पनि भारतीय बजारमा कायम हुनेछ । सेल्टोसमा अन्य २ इन्जिन १.५ लिटर एनए पेट्रोल र १.४ लिटर टर्बो–पेट्रोल पनि कायम रहनेछ ।

किया सेल्टोस फेसलिफ्ट सम्भवतः यो वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा भारतीय बजारमा लन्च हुने सम्भावना छ । यो हालको भर्सन भन्दा अलि महँगो हुनेछ ।

किया सेल्टोस नेपाली बजारमा समेत निकै नै लोकप्रिय मोडल हो । अपडेट पश्चात यो कार नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

किया प्लान्टबाट ९०० कार इन्जिन चोरी

किया प्लान्टबाट ९०० कार इन्जिन चोरी

किया मोटर्सको आन्ध्र प्रदेश प्लान्टबाट ९०० कार इन्जिन चोरी भएको तथ्य...

यस्तो हुनेछ किया ईभी–५, रेन्ज ७२० किलोमिटर सम्म

यस्तो हुनेछ किया ईभी–५, रेन्ज ७२० किलोमिटर सम्म

किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...

नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबसँग किया नेपालको साझेदारी

नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबसँग किया नेपालको साझेदारी

काठमाडौं – नेपाली फुटबलको क्षेत्रमा किया ब्रान्डको गाडी समेत जोडिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...