आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले यसमा डिजाइनदेखि फिचर र सेफ्टीमा धेरै परिवर्तन गरेको छ, यद्यपि यसको इन्जिनमा भने कुनै परिवर्तन हुनेछैन ।

हुन्डाईको फ्रन्ट ग्रिल हुन्डाईको नयाँ डिजाइनमा आधारित छ, जसलाई नयाँ टक्सन र भर्नामा पनि देख्न सकिन्छ । यसको ग्रिल डीआरएलसँग जोडिएको छ । यसको रियरमा पनि परिवर्तन गरिएको छ र टेल लाइट पहिलेको भन्दा पातलो छ ।

यसमा रातो र कालो रेखा पनि छ जसले कारलाई आकर्षक लुक दिएको छ । यसको अलोय ह्विल नयाँ छ साथै यसमा एल आकारको टेलल्याम्प र फक्स स्किड प्लेट रहेको छ ।

नयाँ हुन्डाई भेन्युको इन्फोटेनमेन्ट सिस्टमले १० भाषालाई सपोर्ट गर्छ । यसको ब्लुलिंक कनेक्टिभिटी फिचरलाई पनि अपडेट गरिएको छ । साथै यसमा ६० भन्दा बढि कनेक्टेड फिचर उपलब्ध छ । आरामदायीक यात्राको लागि पछाडिको सिटमा रिक्लाइन फंङसन दिइएको छ ।

कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एम्बियन्ट लाइट र ३६० डिग्री क्यामेरा पनि दिइएको छ ।

नयाँ भर्नामा २ पेट्रोल र १ डिजेल इन्जिन सहित ३ वटा इन्जिन विकल्प छन् । यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड जसले ८२ बीएचपीको पावर र ११३ एनएम टर्क, १.० लिटर टर्बो–पेट्रोल जसले ११८ बीएचपीको पावर र १७२ एनएम टर्क इन्जिन र १.५ लिटर डिजेल जसले ९९ बीएचपीको पावर र २४० एनएमको टर्क जेनेरेट गर्छ । यसमा आईएमटी, म्यानुअल र डीसीटी ट्रान्समिशन दिइनेछ ।

हुन्डाई मोटर इन्डियाले भेन्यु फेसलिफ्ट सार्वजनिक गर्नुअघि नै बुकिङ सुरु गरेको छ । हुन्डाईको नयाँ भेन्यु बुक गर्नका लागि कम्पनीले २१ हजार भारु बुकिङ रकम लिएको छ । कम्पनीका अनुसार हुन्डाई फेसलिफ्ट कम्पनीको आधिकारिक डिलरसिप र वेबसाइटबाट पनि बुक गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

कम्प्याक्ट एसयूभीमा प्रतिस्पर्धा गर्न नेपाल आउँदै नयाँ क्रेटा र ग्रान्ड भिटारा, यस्तो छ भिन्नता

कम्प्याक्ट एसयूभीमा प्रतिस्पर्धा गर्न नेपाल आउँदै नयाँ क्रेटा र ग्रान्ड भिटारा, यस्तो छ भिन्नता

प्यासेन्जर कार सेग्मेन्टमा कडा प्रतिस्पर्धा गरिरहेका सुजुकी र...

आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा

आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

क्रेटा एन लाईन भारतमा सार्बजनिक, यस्तो छ फिचर र पर्फमेन्स

क्रेटा एन लाईन भारतमा सार्बजनिक, यस्तो छ फिचर र पर्फमेन्स

हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयुभी क्रेटालाई नयाँ भर्सनमा उतारेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...