नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्र««ेनिङ सम्पन्न भयो ।

बुटवलको ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देशभर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र व्यवसायीको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए । उनले सबै क्षेत्रका व्यवसायीको व्यावसायिक कार्यक्षमता विकास आवश्यक रहेको बताए ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउनका पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।

त्यसै गरी भैरहवा आन्तरिक राजस्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजस्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीलाई जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृत्ति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजस्व अनुसन्धानले शून्य सहनसिलताको नीति अपनाउने धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासमा ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चार्टर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए ।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्य यमुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडाद्वारा सीप तथा क्षमता विकास इकाई गठन, दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

नाडाद्वारा सीप तथा क्षमता विकास इकाई गठन, दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं – नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप तथा...

आज अध्यादेशबाट आउदै बजेट : इलेक्ट्रिक गाडीमा कर घट्ने र अन्य माग सम्बोधन हुने अपेक्षा

आज अध्यादेशबाट आउदै बजेट : इलेक्ट्रिक गाडीमा कर घट्ने र अन्य माग सम्बोधन हुने अपेक्षा

काठमाडौं – आज सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने निश्चित...

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...