४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना बनाएको छ साथै आधिकारिक बुकिङको लागि अनलाइनमा २१ हजार भारुमा बुक गर्न सकिन्छ । कम्प्याक्ट एसयूभीमा कडा प्रतिस्पर्धाको लागि कारको इन्टेरियर र एक्सटेरियरमा धेरै परिवर्तन गरिएको छ ।
हुन्डाई भेन्यु फेसलिफ्ट फ्यान्टम ब्ल्याक, डेनिम ब्लू, पोलार ह्वाइट, फेयरी रेड, टाइटन ग्रे र टाइफुन सिल्भर जस्ता मोनोटोन रंगको साथै नयाँ डुअल टोन फेयरी रेड र ब्ल्याक शेडमा उपलब्ध हुनेछ ।
हुन्डाई भेन्यु फेसलिफ्टमा ४ फस्र्ट–इन–सेगमेन्ट फिचरमा रियर रिकलाइनिङ सिट, क्षेत्रीय भाषाको इन्फोटेनमेन्ट सिस्टम, ६० भन्दा बढी ब्लुलिङ्क जडान सुविधा, गुगल भ्वाइस असिस्टको साथै कार कनेक्टिभिटी असिस्टेन्ट र साउन्ड अफ नेचरमा ड्राइभिङ गर्दा प्राकृतिक ध्वनि बजाउन मिल्ने जस्ता फिचर समावेश छन् ।
२०२२ हुन्डाई भेन्युमा अल–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, कनेक्टिङ एलईडी टेल ल्याम्प, टु टोन ब्ल्याक र बेज क्याबिन, इको, नर्मल र स्पोर्ट जस्ता ड्राइभिङ मोड समावेश छन् । हुन्डाई भेन्यु फेसलिफ्ट ई, एस, एस प्लस÷एस(ओ), एसएक्स र एसएक्स(ओ) ट्रिममा उपलब्ध हुनेछ । पावरको लागि यसमा १.२ लिटर कापा एमपीआई पेट्रोल, १.० लिटर टर्बो जीडीआई पेट्रोल र १.५ लिटर यू२ सीआरडीआई डिजेल इन्जिन उपलब्ध छन् ।
कारको १.२ लिटर चार सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११३.८ एनएम टर्क जेनेरेट गर्छ । १.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ६००० आरपीएममा १२० पीएस पावर र १५००–४००० आरपीएममा १७२ एनएम टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ४००० आरपीएममा १०० पीएसको पावर र १५००–२७५० आरपीएममा २४० एनएमको टर्क जेनेरेट गर्छ ।
ट्रान्समिशन विकल्पमा ५ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक, ६ स्पिड आईएमटी र ७ स्पिड डीसीटी समावेश छन् । हुन्डाई २०२२ भेन्युले नयाँ मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, किया सोनेट र निसान म्याग्नाइट जस्ता अन्य कारसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईले भारतीय बजारमा छिट्टै नयाँ र सस्तो एसयूभी कार लन्च गर्ने घोषणा...
आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...