अब २४ घण्टामै ड्राइभिङ लाइसेन्स
काठमाडौँ – अब नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २४ घण्टामै...
इम्बोस्ड नम्बर प्लेटको चर्चा हाल निकै चुलिएको छ । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने सूचना निकालेसँगै यो धेरैका लागि चासोको विषय बनेको छ । यद्यपि विभागले हाल नयाँ र नामसारी गर्ने सवारी साधनका लागि मात्र प्लेट अनिवार्य गर्ने र अन्यमा विस्तारै गर्ने स्पष्ट गरिसकेको छ ।
जे भए पनि आगामी दिनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने बाध्यता हुने नै भएकाले विस्तारै प्रक्रिया थाल्दा हुने भएको छ । अनलाइनबाटै फारम भरेर सहज तरिकाले इम्बोस्ड नम्बर प्लेट लिन सकिन्छ ।
के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।
कसरी लिने इम्बोस्ड नम्बर प्लेट ?
इम्बोस्ड नम्बर प्राप्त गर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन फारम भर्नु पर्छ । यसका लागि वेबसाइटमा भएको स्क्रिनको दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुपर्छ ।
स्क्रिनमा देखा पर्ने विभिन्न विकल्पमध्ये अन्तिममा रहेको ‘अनलाइन आवेदन गर्नुहोस्’ भन्ने अप्सनमा तोकिएको स्थानमा थिच्नु पर्छ ।
यस पश्चात नयाँ विन्डोज खुल्छ । त्यसमा भएको स्क्रिनको दायाँतिर ‘गेट स्टार्टेड’ भन्ने विकल्पमा क्लिक गर्नुपर्छ ।

त्यसपछि सिस्टमले माग गरेको विवरणहरू भर्नुपर्छ । यसमा पुराना अर्थात् अञ्चलबाट जारी भएको नम्बर प्लेटको हकमा भने कार्यालय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य; जारी गरिएको प्रदेश वा अञ्चल, सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुपर्छ । यसपछि तपाईंको मोबाइल नम्बर र ईमेलमार्फत भेरिफिकेसन कोड प्राप्त हुन्छ ।
यसपछि सवारीको विवरण र व्यक्तिगत विवरण भर्नुपर्छ । त्यसपछि तपाई आवेदनको अर्को चरणमा पुग्नुहुन्छ । जहाँ तपाईंले आफ्नो ब्लुबुक, नागरिकता वा पासपोर्ट, रकम भुक्तानी गरेको भौचर, सवारी कर भुक्तानीको भौचर लगायतका कागजातहरूको तस्बिर पेश गर्नुपर्छ ।
यसपछि नेक्स्ट अप्सनमा क्लिक गरेर सम्पूर्ण जानकारी भेरिफाई गरी आवेदन दिन स्क्रिनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुपर्छ ।
यी सबै प्रक्रिया पूरा गरेपछि इम्बोस्ड नम्बर प्राप्त हुन्छ । प्राप्त भएको इम्बोस्ड नम्बर लिएर सम्बन्धित यातायात कार्यालयमा गई आफ्नो इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
जडान शुल्क
यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ जडान शुल्क निर्धारण गरेको छ ।
जडान गर्ने स्थान
विभागले दुई पांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, तीन पांग्रे सवारी र साना तथा मझौला चार पांग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय, टेकू र ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुना, ललितपुरमा व्यवस्था मिलाएको छ । त्यस्तै सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी), पोखरामा गएर आवश्यक कार्य गर्न सकिन्छ ।
काठमाडौँ – अब नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २४ घण्टामै...
काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका सवारी चालक...
काठमाडौं – यातायात व्यवस्था विभागले केही दिन पहिले नेपालमा आइपुगेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...