नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी...
सव फोर मिटर एसयुभीमा सर्बाधिक लोकप्रिय भिटरा ब्रेजाको अपडेटेड मोडल यहि महिनाको ३० तारिखमा लन्च हुने भएको छ । मारुती सुजुकीले यो नयाँ जेनेरेसनको एसयुभीलाई यसअघिको नाम भिटारा ब्रेजाबाट भिटरा शव्द हटाएर ब्रेजाको नाममा लच्न गर्न लागेको हो ।
नयाँ जेनेरेसनको ब्रेजा परीक्षणका क्रममा यसअघि पटक–पटक देखिएको थियो । कारमा बलेनो जस्तै नयाँ फ्रन्ट फेसिया दिइएको छ र रियरमा केही परिवर्तन गरिएको छ । यसलाई ग्लोबल सी प्लेटफर्मद्वारा जारी राखिनेछ, जसले सो कारलाई ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार प्राप्त गर्न मद्दत गर्नेछ ।
नयाँ ब्रेजामा नयाँ डिजाइन गरिएको स्लिकर एलईडी हेडलाइट, नयाँ एलईडी डीआरएल, क्लिभर बोनेट, नयाँ १६ इन्चको टु–टोन अलोय ह्विल, अपडेट गरिएको एलईडी टेललाइट र टेलगेटसहितको फ्रन्ट ग्रिल सेक्शन समावेश गरिएको छ । कारको फ्रन्ट र रियर बम्पर र नयाँ बडी प्यानल आदि अपडेट गरिएको छ ।
नयाँ जेनेरेसन मारुती सुजुकी ब्रेजाको इन्टेरियर पूर्ण अपडेट गरिने छ । सो कारमा हेड अप डिस्प्ले सहितको सेन्टर कन्सोल, अपडेटेड इन्स्ट्रयुमेन्ट कन्सोल, एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथ फ्लोटिङ ९ इन्च स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टिभ टेक, सनरुफ, ३६० डिग्री क्यामेरा, फ्ल्याट बटम स्टेयरिङ ह्विल, ६ एयरब्याग, हिल होल्ड फंक्सन, क्रुज कन्ट्रोल, पुश बटन स्टार्ट÷स्टप समावेश गरिनेछ ।
नयाँ मारुती सुजुकी ब्रेजामा माइल्ड हाइब्रिड प्रविधिको साथै १.५ लिटर, ४ सिलिन्डर, के१५सी डुअलजेट पेट्रोल इन्जिन समावेश गरिनेछ, जसमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र प्याडल सिफ्टरको साथमा नयाँ ६ स्पिड अटोमेटिक गियरबक्स हुनेछ ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी...
जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...