टोयोटा लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा ठूलो कार निर्माता बन्दै

टोयोटा मोटरले अप्रिलमा आफ्नो प्रतिद्वन्द्वी फक्सवागनको तुलनामा १० लाख बढी कार बिक्री गरेको छ । यो सँगै टोयोटा मोटर विश्वकै सबैभन्दा ठूलो कार उत्पादक कम्पनी बनेको छ । दोस्रो स्थानमा फक्सवागन हुने भएको छ ।

कम्पनीका अनुसार चीन लगायत विभिन्न देशमा टोयोटा र फक्सवागन दुबैले कोरोना महामारीको सामना गरेको थियो, तर पनि यी कम्पनीले चीनमा उत्कृष्ट बिक्री गरेका छन् ।

टोयोटा मोटरका अनुसार कोरोनाका कारण यस वर्षको पहिलो चार महिनामा हरेक अटो निर्माताको कार बिक्री घटेको बताइएको छ । टोयोटाको बिक्री ५.८ प्रतिशतले घटेको थियो भने फक्सवागनको बिक्री २६ प्रतिशतले घटेको थियो ।

टोयोटाले अटो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो विश्वव्यापी उत्पादन लक्ष्यसम्म पुग्न सकेको थिएन । कम्पनीले दिएको जानकारी अनुसार कोरोना संकटका कारण गत वर्षको तुलनामा अप्रिलमा ९.१ प्रतिशत कम उत्पादन भएको हो । अप्रिलमा कम्पनीले ६ लाख ९२ हजार २५९ युनिट उत्पादन गरेको छ, जुन विश्वभर करिब ७ लाख ५० हजार गाडी उत्पादन गर्ने लक्ष्यभन्दा कम हो ।

अप्रिलमा उत्पादन घटेपछि कम्पनीले विश्वव्यापी उत्पादन योजना अघिल्लो ९ लाखबाट घटाएर ८ लाखमा पु¥याएको छ । कम्पनीको तर्फबाट गत वर्षको अप्रिलको तुलनामा विश्वव्यापी बिक्री ११.१ प्रतिशतले घटेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता...

हाइब्रिड पावरट्रेनमा आयो टोयोटा ल्यान्डक्रुजर ३००, मूल्य कति ?

हाइब्रिड पावरट्रेनमा आयो टोयोटा ल्यान्डक्रुजर ३००, मूल्य कति ?

टोयोटाले आफ्नो चर्चित एसयूभी ल्यान्डक्रुजर ३०० लाई हाइब्रिड पावरट्रेनमा...

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

जमिन र हावामा उड्ने एयरकारले स्लोभाकियाको अन्तर्राष्ट्रिय हवाईअड्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...