काठमाडौंमा दर्ता भए साढे २७ हजार सवारी साधन, साढे १५ हजार ईभी
काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय सानाठुला...
काठमाडौं – सरकारले डिजेल र पेट्रोलमा पूर्वाधार करवापत लगाइएको १० रुपैयाँ घटाइएको अर्थ मन्त्रालयले बताएको छ । सो जानकारी उद्योग मन्त्रालयलाई दिएको र यस पश्चात नेपाल आयल निगममार्फत यस सम्बन्धी निर्णय हुनु पर्नेछ ।
यद्यपि नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउन सरकारले आफू मातहतका भन्सार कार्यालयहरूलाई नै निर्देशन दिनुपर्छ। भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने उनले बताएका छन् ।
अहिलेकै खरिद मूल्यअनुसार हो भने पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७० रूपैयाँ हुन्छ। तर आयल निगमले अहिले पनि पेट्रोलमा एक अर्ब रूपैयाँ घाटा खाइरहेको बताएको छ ।
नेपाल आयल निगमले पेश गरेको पछिल्लो विवरणअनुसार भारतबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय १७ रूपैयाँ १८ पैसा छ। सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लाग्छ।
यस्तै सडक मर्मतसम्भार शुल्क चार रूपैयाँ लाग्छ। प्रदूषण कर एक रूपैयाँ ५० पैसा लाग्ने गरेको छ। पूर्वाधार कर १० रूपैयाँ लाग्दै आएको छ। मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा लाग्ने गरेको छ। मूल्य स्थिरिकरणको शुल्कअन्तर्गत एक रूपैयाँ ८० पैसा लाग्दै आएको छ।
यसरी अहिले सरकारलाई ६३ रूपैयाँ २३ पैसा कर गइरहेको छ। अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि त्यसमध्ये १० रूपैयाँ घट्न सक्ने देखिएको छ।
काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय सानाठुला...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम...
नेपाल सरकारले हालै एक निर्णय गरेर युरो ३ का सवारी साधनहरु केही समय आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...