ड्राइभिङ लाइसेन्स अनलाइन भर्न सकिने, भुक्तानी भने सम्बन्धित कार्यालयमै गएर गर्न अनुरोध

काठमाडौं – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै नआउने अथवा आए पनि धेरै समय पछि मात्र आउने समस्या देखिएको छ ।

चैत १ गते देखि बन्द रहेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि सुरु भएपनि धेरै सेवाग्राहीहरूले ओटीपी कोड नै नआएको गुनासो गरेका छन् । हाल अनलाइन आवेदन प्रक्रिया पनि नयाँ भएको र लामो समय रोकिएको प्रणालीमा सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत विवरण सहित विस्तृत प्रोफाइल बनाएर मात्र फारम भर्न सकिने व्यवस्था छ ।

यसका लागि आफ्नो सामान्य विवरण राखेपछि प्रणालीबाट सेवाग्राहीको युजरनेम र पासवर्ड क्रियट गर्नु अघि प्रमाणीकरण स्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त ओटीपी कोड बिना आवेदन प्रणालीमा अगाडिको प्रकृया थाल्न सकिँदैन ।

सेवाग्राहीलाई भने यही ओटीपी कोड पाउन सास्ती भइरहेको छ । विभागले भने नयाँ प्रणाली सुरुवाती चरणमा रहेको र धेरै आवेदन एकैपटक आउँदा यस्तो समस्या आएको बताएको छ ।

त्यसैगरी हाल यसका लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि अन्य संस्थासँग समन्वयको प्रक्रिया चलिरहेकोले अनलाइन भुक्तानी नगरी भौचर डाउनलोड गरी सम्बन्धित कार्यालयमा नै गई शुल्क बुझाउन समेत यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...