कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकी युएसले हालै ट्विटरमार्फत आफ्नो पहिलो इलेक्ट्रिक बाइकको टिजर भिडियो सार्वजनिक गरेको छ । आगामी जुन ७ मा अन्य केही उत्पादनका साथ यो बाइक समेत सार्वजनिक गरिने बताइएको छ ।

टिजर भिडियोमा एउटा सानो मोटोक्रस डर्ट ट्रयाकतिर उडिरहेको एउटा ड्रोन देखाइएको छ, जहाँ एउटा फुल्ली गियरसहितको राइडर उभिरहेको देखाउछ । टिजर अनुसार सो राइडर एउटा सानो बालक हुन्छ र उ निकै नै आत्मविश्वासका साथ उभिएको हुन्छ ।

टिजरको अन्त्यमा एउटा हरियो कलरको प्रकाश देखिन्छ र यस पछि ‘द गुड टाइम फर इलेक्ट्रिक’ मेन्सन गरिएको छ भने मिति चाहिं ‘जुन ७’ भनिएको छ ।

यसका आधारमा आगामी दिनमा कावासाकीले पहिलो इलेक्ट्रिक मोटरसाइकलको रुपमा बालबालिकाका लागि मोटोक्रस वा डर्ट बाइक बजारमा ल्याउन लागेको अनुमान समेत गरिएको छ । सो बाइक कावासाकीका लोकप्रिय डर्ट बाइकमा आधारित हुनेछ ।

सो बाइकको अन्य विस्तृत विवरण अहिले नै सार्वजनिक गरिएको छैन । आगामी दिनमा अन्य थप विवरण र मूल्य समेत सार्वजनिक हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा हाल कावासाकीका मोटरसाइकल बिक्रीका लागि उपलब्ध छैनन् । कावासाकीले यो मोटरसाइकल हाल अमेरिकी बजारलाई लक्ष्यित गर्नेछ । त्यसैले अहिले नै नेपाली बजारमा आउने सम्भावना भने हुँदैन ।

तस्बिर : कावासाकीको प्रतिनिधित्वको लागि मात्र ।

सम्बन्धित समाचारहरू

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट

विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट

केटीएमले गत हप्ता अर्थात जुलाई २२ मा आरसी ८सी बाइकका लागि प्रि–अर्डर...

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...