नक्सालमा खुल्याे केटीएम माेटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम
काठमाडौं – केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम...
नेपाली टु ह्विलर बजारमा अर्को एक नयाँ ब्रान्डको क्रुजर वाइक भित्रिएको छ । थाइल्यान्डको हानवे ब्रान्डको भी–वब २५० मोडललाई नेपालका लागि आधिकारिक वितरक मोटर्स एभिन्यूले नेपाल ल्याएको हो । यो नयाँ बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
रेट्रो डिजाइनमा स्पोर्टी लुक्स दिइएको यो क्रुजर बाइक निक नै मस्कुलर रहेको छ । ब्ल्याक पेन्ट थिममा निर्माण गरिएको यो बाइकलाई देख्ने वित्तिकै प्रिमियम रहेको महशुस गर्न सकिन्छ । मस्कुलर फ्युल ट्यांक, डुअल एक्जस्ट सिस्टम र मल्टि–स्पोक अलोई ह्विल्सले यसको लुक्सलाई थप एग्रेसिभ बनाएको छ ।
यो वाइकमा एलइडी डिआरएल सहितको गोलाकार एलइडी हेड ल्याम्प र ह्यान्डल बारसंगै जोडेर तल्लो भागमा एलइडी साइड इन्डिकेटर ल्याम्प उपलब्ध गराइएको छ । ठूलो आकारको स्प्रोकेट, भी आकारको इन्जिन र दुई तहको स्प्लिट सिट लगायत विशेषताले यसलाई थप युनिक देखाएको छ ।
यो नयाँ वाइकमा २४९ सिसी क्षमताका ट्विन सिलिन्डर, फोर स्ट्रोक एसओएचसी एफआई इन्जिन जडान गरिएको छ । जुन यूरो ४ मापदन्डमा आधारित रहेको छ । यो वाइकको अधिकतम पावर १७ पिएस र टर्क १९ एनएम रहेको छ । ५ स्पिड गियर वक्स जडान गरिएको यो बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने दाबी गरिएको छ ।
प्रतिलिटर इन्धनको खपतमा २० किलोमिटर माइलेज दाबी गरिएको यो बाइकको सिट हाइट ७१५ एमएम र ग्राउन्ड क्लिरियन्स १६० एमएम रहेको छ । सुरक्षका लागी यसमा कम्वाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ । अगाडी युएसडी टेलिस्कोपिक फर्क र पछाडी डुअल सक एक्जर्वर सस्पेन्सन जडान गरिएको यो क्रुजर बाइकको कुल तौल १७९ किलोग्राम रहेको छ ।
काठमाडौं – केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम...
चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...
केटीएमले ड्युकको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको घोषणा गरेको तीन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...