यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

सवारी साधनमा धेरै फिचर छन्, जुन दैनिक जीवनमा विरलै प्रयोग गरिन्छ । कम्पनीले यी फिचरको आधारमा आफ्ना गाडी राम्रो मूल्यमा बेच्ने प्रयास गरेका हुन्छन् । यद्यपि सवारी साधनमा यस्ता केही फिचर पनि हुन्छन्, जसको उपयोग प्रायः गरिदैन । तर पनि आफ्नो गाडीमा भएका यस्ता फिचरका वारेमा चर्चा गरेर हामी सन्तुष्ट बन्न सक्छौ ।

अटोमेटिक वाइपर
सवारी साधनमा हुने फिचरको बारेमा सबैभन्दा पहिला अटोमेटिक वाइपरको बारेमा चर्चा गरिन्छ । यसका कारण गाडीको विन्डशिल्डमा पानी पर्ने बित्तिकै वाइपर बटन नथिचिकन स्वतः चल्न थाल्छ । अटोमेटिक मेसिनरी भएकाले थोरै पानी भएमा पनि वाइपर चल्न थाल्छ, जसका कारण वाइपर चाँडै खिइने हुन्छ । म्यानुअल वाइपरलाई आवश्यकता अनुसार अन र अफ गर्न सकिन्छ ।

हिल असिस्ट वा हिल होल्ड
यो विशेषताको बारेमा पनि कम्पनीले धेरै प्रचार गरेको पाइन्छ । यो फिचर पहाडी क्षेत्रमा यात्रा गर्दा अति महत्वपूर्ण हुन्छ । तर पहाडी क्षेत्रमा हिल असिस्टको सहायताविना पनि सवारी साधन चलाउन सकिन्छ । स्ट्यान्डर्ड फिचर सहित हिल असिस्ट समावेश गरिएको सवारी साधनको परफर्मेन्स निकै उत्कृष्ट मानिन्छ ।

क्रुज कन्ट्रोल
सवारी साधनमा क्रुज कन्ट्रोल फिचर हुनु सामान्य भइसकेको छ । इलेक्ट्रिक कारमा पनि यो सुविधा आउन थालेको छ । कम्पनीले क्रुज कन्ट्रोलको धेरै प्रचार गरे तापनि यसको उपयोग नगन्य हुन्छ । यो फिचर धेरैजसो गाडीको टप मोडलमा देखिन्छ । राजमार्गमा धेरै यात्रा गर्नुपर्दा क्रुज कन्ट्रोलको निकै उपयोग हुन्छ । तर अन्य सामान्य अवस्थामा यसको प्रयोग खासै आवश्यक हुँदैन ।

सम्बन्धित समाचारहरू

महासंघको चुनावमा भिड्दै अटोमोबाइल इक्विपमेन्ट व्यवसायी प्रधान

महासंघको चुनावमा भिड्दै अटोमोबाइल इक्विपमेन्ट व्यवसायी प्रधान

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको नयाँ कार्यसमितिका लागि हुने...

२२ प्रतिशत कम मूल्यमा टाटा जेन्यूइन पार्ट्स, ६ महिना अर्थात ५० हजार किलोमिटरसम्म वारेन्टि

२२ प्रतिशत कम मूल्यमा टाटा जेन्यूइन पार्ट्स, ६ महिना अर्थात ५० हजार किलोमिटरसम्म वारेन्टि

टाटा गाडीको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले कमर्सियल भेइकलमा...

श्री अम्बा ग्रुपले ल्यायो नयाँ हेल्मेट नेपाली बजारमा : सुरक्षित, बलियो र आकर्षक रहेको दाबी

श्री अम्बा ग्रुपले ल्यायो नयाँ हेल्मेट नेपाली बजारमा : सुरक्षित, बलियो र आकर्षक रहेको दाबी

काठडमाडौं– टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...