जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च हुने भएको छ । मिडिया रिपोर्टका अनुसार नयाँ हुन्डाई भेन्यु १६ जुनमा भारतीय बजारमा लन्च गरिदै छ । सो नयाँ भेन्यु फेसलिफ्ट धेरै परिवर्तनका साथ पेश गरिनेछ । यसको एक्सटेरियर र इन्टेरियरमा बाहेक अन्य धेरै नयाँ फिचर हुनेछ ।

नयाँ भेन्युको फ्रन्ट लुक हुन्डाई टुसानसँग मिल्दोजुल्दो हुनेछ । गाडीको फ्रन्टमा नयाँ ग्रिल देखिनेछ । यसमा नयाँ डिजाइन गरिएका हेडल्याम्पसँगै फग ल्याम्प र टर्न सिग्नल इन्डिकेटर पनि देखिनेछ ।

सो कारमा ३६० डिग्री भ्यु क्यामेरा, इलेक्ट्रिक सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्लेको कनेक्टिभिटीसहित १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वान टच डाउन ड्राइभर साइड पावर विन्डोजस्ता फिचर हुनेछ ।

नयाँ भेन्युमा डुअल टोन अलोय ह्विल पनि हुनेछ । यसमा नयाँ स्प्लिट एलईडी टेलल्याम्पको साथ पछाडिको भागमा आयोनिक५ जस्ता एलिमेन्ट पनि हुनेछ । नयाँ भेन्युमा एन्सटेरियर र इन्टेरियर बाहेक अन्य धेरै नयाँ फिचर पनि प्रस्तुत गरिने छ ।

नयाँ हुन्डाई भेन्यु फेसलिफ्ट २०२२ मा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । सो कार १.५ लिटर डिजेल इन्जिन र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने सम्भावना छ । यी ३ वटै भर्सनमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा लन्च गर्ने सम्भावना छ ।

नयाँ हुन्डाई भेन्यु फेसलिफ्टमा सेफ्टीको लागि ६ एयरब्याग, एबीएससहित ईबीडी, रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध हुनेछ । सो कारमा ८ स्पिकर भएको बोस साउन्ड सिस्टम हुनेछ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र कुल्ड ग्लोभबक्स फिचर पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटरले घरेलु बजारमा गत वर्ष नयाँ...

१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा

१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा

काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...