३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड

कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार विक्री गर्न सफल भएको छ । सन् १९८८ मा अमेरिका प्रवेश गरेको यो ब्रान्डको १ करोड संख्याको अन्तिम युनिट कार भने रातो रङको इभी६ वनेको छ । यो कार कियाको अमेरिकी बजारका लागी विशेष रहेको कम्पनीको भनाई छ ।

३० वर्षअघि सेफिया र स्पोर्टेज गरी कुल २ वटा मोडलमार्फत अमेरिका छिरेको यो ब्रान्डको शुरुमा जम्मा ४ वटामात्र डिलर रहेको थियो । हाल भने उसले टेलुराइड, सोल, सेल्टोस, निरो, स्पोर्टेज, सोरेन्टो, कार्निभल र इभी६ सहित अन्य थुप्रै मोडलका कारहरु एकसय भन्दा बढी डिलरमार्फत बिक्री गर्दै आइरहेको छ ।

कियाले अमेरिकामा सन् २०१० मा पहिलो ठूलो प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको थियो । त्यसपछि विश्व बजारमा कहलिएका ठूला र प्रतिष्ठित ब्रान्डसंग प्रतिस्पर्धामा खरो रुपले उत्रिएको उसले अमेरिकी ग्राहकको विश्वास जित्दै आइरहेको छ । केही समयअघि मात्र लन्च गरिएको इलेक्ट्रिक कार इभी६ लाई अहिले सर्बाधिक रुचाउन थालिएको किया मोटर्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ...

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

काठमाडौं – किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

नेपाल सुपर लिगको फाइलन आज : यामाहा र किया नेपालको समर्थन प्राप्त कम्पनीको भिडन्त हुने

नेपाल सुपर लिगको फाइलन आज : यामाहा र किया नेपालको समर्थन प्राप्त कम्पनीको भिडन्त हुने

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...