ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले आज आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्रान्ड आई१० नियोसको नयाँ एडिसन लन्च गरेको छ । कर्पोरेट एडिसन नाम दिइएको यो नयाँ भेरियन्टको लुक्स तथा डिजाइन र प्रविधिका क्षेत्रमा सामन्य परिमार्जन गरिएको छ ।

यसअघिको म्याग्ना ट्रिममा आधारित यो कारलाई म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध गराइएको छ । १.२ लिटर काप्मा पेट्रोल इन्जिन जडान गरिएको यो कारको मूल्य ६ लाख ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । यो नयाँ कारमा कालो रङको चम्किलो रेडियटर ग्रिल, १५ इन्चको गनमेटल स्टाइलयुक्त ह्विल, रुफ रेल, रियर क्रोम गार्निस र कालो कलरले पेन्ट गरिएको ओआरभिएमएस थप गरिएको छ ।

स्पोर्टी र स्टाइलिस लुक्स दिइइको यो कारको समग्र मेकानिकल पक्षमा भने खासै परिवर्तन गरिएको छैन । ६.७५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको यो कारमा नेभीगेसन, इलेक्ट्रिक फोल्डिङ ओआरभिएम र एलइडी टर्न इन्डिकेटर लगायत फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

११ लाख भारुमा लन्च भयो क्रेटा फेसलिफ्ट, तीन इन्जिन बिकल्प र ७ ट्रिममा उपलब्ध हुने

११ लाख भारुमा लन्च भयो क्रेटा फेसलिफ्ट, तीन इन्जिन बिकल्प र ७ ट्रिममा उपलब्ध हुने

हुन्डाईले आधिकारिक रूपमा भारतमा क्रेटा फेसलिफ्ट सार्वजनिक गरेको छ ।...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता

टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता

नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...