यस्ता छन् भारतमा लन्च हुने तयारीमा रहेको रेकर्ड ब्रेकिङ ओला इलेक्ट्रिक स्कुटका १० विशेषता
भारतमा राइड सेयरिङ कम्पनी ओलाले बजारमा उपलब्ध गराउने ओला इलेक्ट्रिक...
काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी ब्रान्डको इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले यी बाइक ग्राहकलाई डेलिभरी गरिने र अब फेरि बुकिङ गर्नेका लागि आगामी दिनमा अन्य युनिट समेत भित्र्याउने बताएको छ ।
भारतीय कम्पनी कोमाकीद्वारा उत्पादित क्लासिक क्रुजर स्टाइलको यो बाइक नेपाली बजारका लागि नौलो हुनेछ । सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने बताइएको सो बाइकको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । यद्यपि यसमा विभिन्न छुटहरु समेत उपलब्ध हुनेछ ।
कोमाकी रेन्जरको आकर्षक लुक, अमेजिङ ब्यालेन्स, स्मुथ राइड र एक्सट्रा अडिनरी फिचरका कारण यो अन्य भन्दा फरक भएको कम्पनीको भनाइ छ । यसमा भएको डबल डिस्क ब्रेक, आईसी इन्जिनकै बाइकमा भए जत्तिकै पावर ब्याकअप र सुपेरियर सस्पेन्सनले बाइकलाई पावरफुल बनाएको छ ।
कम्फर्टेबल सिटिङ, इन्क्लुसिभ ड्युअल स्टोरेज स्पेस, ड्युअल प्यासेन्जर फुटरेस्ट, एलईडी र थप विभिन्न हेडल्याम्प आदिले यो बाइकलाई आरामदायी बनाएको छ । त्यसैगरी यो बाइकमा रियर प्रोटेक्सन गार्ड, रियर टेलल्याम्प गार्ड र रियर ब्याक रेस्ट, फ्रन्ट बडी गार्ड, साइड स्ट्यान्ड सेन्सर, मोबाइल चार्जिङ युनिट, फ्लेम इफेक्ट सहितको ड्युअल साउन्ड पाइप, ट्रिपल हेडल्याम्प, साउन्ड सिस्टमसहितको ब्लुटुथ, गियर मोड, रिभर्स र क्रुज कन्ट्रोल आदि विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।
यी वाहेक यो बाइकमा रिमोटबाटै लक गर्न सकिने सुविधा, डिस्क ब्रेक, सेल्फ डायग्नोसिस, टेलिस्कोपिक सकर, रिजेनेरेटिभ ब्रेकिङ, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता आकर्षक फिचर छन् ।
कोमाकी रेन्जरमा ४ हजार वाटको मोटर र ८० एम्पियरको कन्ट्रोलर छ । यसमा ७२ भोल्ट ५० एएचको लिथियम आयोन ब्याट्री छ, जसलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
भारतमा राइड सेयरिङ कम्पनी ओलाले बजारमा उपलब्ध गराउने ओला इलेक्ट्रिक...
आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...
अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...