द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड सम्पन्न, २३० राइडर सहभागी, उठ्यो ३७५ डलर

काठमाडौं – विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड काठमाडौंमा सम्पन्न भएको छ । फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को संयोजनमा भएको सो राइड कार्यक्रम भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट प्रारम्भ भएर कोटेश्वर हुँदै भक्तपुर पुगेर फेरि फर्केर ज्ञानेश्वरमा पुगेर समापन भएको थियो ।

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीद्वारा शुभारम्भ गरिएको राइड कार्यक्रममा २३० राइडर सहभागी थिए । विश्वभर मे २२ का दिन यस प्रकारको राइड कार्यक्रम आयोजना गरिन्छ । राइडरहरुले यसबाट फन्ड कलेक्सन गर्नमा विभिन्न व्यक्ति वा संस्थालाई प्रेरित गरी प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउनमा सहयोग गर्छन् । यस वर्ष नेपालबाट ३७५ अष्ट्रेलियन डलर संकलन गरिएको फोरे नेपालका सुनिल मानन्धर ‘डायमन्ड’ ले बताए ।

आफ्नो क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकलमा सवार भएका राइडरहरुले हाल सम्म विश्वका ११० भन्दा बढी देशका ९ सय भन्दा बढी सहरमा यस प्रकारको कार्यक्रम सम्पन्न गरेर ३ करोड डलर भन्दा बढी रकम संकलन गरिसकेका छन् । दशौं वर्ष प्रवेशको अवसरमा यो वर्ष हुने राइड कार्यक्रमले इभेन्टलाई थप एक कदम माथि उठाउने अपेक्षा गरिएको छ ।

द डिस्टिङग्विस्ड जेन्टलम्यान राइडले विश्वमा हुने विभिन्न इभेन्ट मध्ये सबैभन्दा ठूलो र आश्चर्यजनक इभेन्टको पहिचान कायम गरेको छ । डीजीआर वर्ल्डवाइड र यसको च्यारिटी पार्टनर ‘मोभेम्बर’ मार्फत प्रोस्टेट क्यान्सर तथा पुरुषहरुमा हुने मानसिक स्वास्थ्यको वारेमा चेतना जगाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

द डिस्टिङगुइस्ट जेन्टलम्यान राइड कार्यक्रममा सामेल हुने राइडरहरु ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुन्छन् । उनीहरुको औसत उमेर ४५ वर्ष हुने बताइएको छ ।

काठमाडौंमा यस प्रकारको राइड कार्यक्रम हुन थालेको ७ वर्ष पुगेको छ । सो अवसरमा १ हजार ४८१ राइडरहरु यस प्रकारको इभेन्टमा सहभागी भएर ७ हजार १ सय अष्ट्रेलियन डलर संकलन गरिसकेका छन् । नेपालमा सन् २०१६ देखि यो राइड प्रारम्भ भएको थियो ।

सम्बन्धित समाचारहरू

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...

वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न, नवाङ्ग मोक्तान विजयी

वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न, नवाङ्ग मोक्तान विजयी

100 Girls In Motorcycling कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ वुमन रेसिङ च्याम्पियनसिप...

नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद

नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद

बुटवल – मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...