नेक्सन इभी म्याक्सको ‘वेटिङ पिरियड’ ४ महिना नाघ्यो, तत्काल नेपाल आउने संभावना कम

यसै महिनाको ११ तारिखमा लन्च गरिएको टाटा नेक्सन इभीको लङ रेन्ज भेरियन्ट म्याक्सको वुकिङ भारतमा ह्वात्तै बढेको छ । यससंगै लन्च भएको १० दिन वित्न नपाउँदै यो गाडीलाई हात पार्न ग्राहकले ४ महिनाभन्दा बढी समय कुर्नुपर्ने देखिएको छ । हालसम्म यो गाडी कति संख्यामा बुक भएको छ भन्ने विषयमा टाटा मोटर्सले कुनै जानकारी भने प्रदान गरेको छैन ।

नेक्सन इभीको स्ट्यान्डर्ड भेरियन्टले ३१२ किलोमिटर रेन्ज दिने दाबी गरिएकोमा यो नयाँ भेरियन्टले भने ४३७ किलोमिटर दिने दाबी गरिएको छ । रेन्ज पनि बढी दिने र यसअघिको स्ट्यान्डर्ड भेरियन्टलाई हात पार्न अझै ६ महिनाभन्दा लामो समय कुनुपर्ने भएपछि भारतमा अहिले यो नयाँ भेरियन्टमा इभी पारखीले अत्याधिक आकर्षण देखाउन थालेका छन् । उक्त आकर्षण जति बढ्दै गयो यसको वेटिङ पिरियड समेत सोही अनुपातमा बढ्दै जाने देखिन्छ । किनकी टाटा मोटर्ससंग इभी उत्पादन गर्ने सिमित क्षमता मात्र रहेको छ ।

भारतीय बजारमा यो कारको क्रेज जुन गतीमा बढ्दै गयो सोही अनुपातमा नेपाल भित्रिने मिती समेत लम्विदै जाने देखिन्छ । फलास्वरुप यो नयाँ भेरियन्ट तत्काल नेपाल आउने संभावना कम हुँदै गएको अनुमान लगाउन सकिन्छ । नेपाल आउने मितीका वारेमा आधिकारिक वितक सिप्रद्धी टे«डिङ स्रोतसंग जानकारी लिँदा तत्काल केही भन्न नसकिने जवाफ प्राप्त भएको छ ।

‘यसअघि आएको नेक्सनकै स्ट्यान्डर्ड भेरियन्ट र टिगोर इभीको वुकिङ हालसम्म पनि कायमै छ । अझैपनि हामीले यी गाडी मागेजति पाउन सकिरहेका छैनौ । यस्तो अवस्थामा नयाँ प्रोडक्ट ल्याउँदा यसले झनै समस्या थप्न सक्ने आँकलन हामीले गरेका छौ । त्यसमाथी भारतमै माग थेगिनसक्नु भएका कारण यो नयाँ भेरियन्टलाई टाटा मोटर्सले तत्काल नेपाल पठाउन नसक्ने पनि देखिन्छ’ उक्त स्रोतले नेपाल अटोलाई बताएको छ । अबस्था सहज बन्दै गएको खण्डमा यसै वर्षको भदौ महिनामा आयोजना हुने नाडा अटो शोका लागी केही युनिट गाडी ल्याएर वुकिङ लिन सकिने संभावना प्रवल मात्रामा रहेको उक्त स्रोतको भनाई छ ।

यस्तो छ यो नयाँ भेरियन्ट
नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । व्याट्री क्षमताको आधारमा हालको स्ट्यान्डर्ड नेक्सन ईभी भन्दा यो १० किलोवाट आवर बढी हो ।

नेक्सन ईभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर अप्सन सहित एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । जसमध्ये ३.३ किलोवाट चार्जर अप्सनको एक्सजेड प्लसको मूल्य १७ लाख ७४ हजार र एक्सजेड प्लस लक्जरीको मूल्य १८ लाख ७४ हजार भारु तोकिएको छ । त्यसैगरी ७.२ किलोवाट एसी फास्ट चार्जर अप्सनको एक्सजेड प्लसको मूल्य १८ लाख २४ हजार र एक्सजेड प्लस लक्जरीको मूल्य १९ लाख २४ हजार भारु तोकिएको छ ।

टाटा मोटर्सका अनुसार ३.३ किलोवाट आवरको चार्जरले करिव १५ घण्टामा फुल चार्ज गराउछ भने ७.२ किलोवाट आवरको चार्जरले ५ देखि ६ घण्टामा । कुनै पनि परम्परागत ५० किलोवाट आवरको चार्जरले चार्ज गर्दा ५६ मिनेटमा ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...