३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात अटो कम्पोनेन्ट निर्माता लुम्याक्स र अल्पाइनको संयुक्त साझेदारीमा निर्माण गरिएको यो अल्ट्रा प्रिमियम म्युजिक सिस्टमको मूल्य ३० लाख भारु पर्ने जनाइएको छ । यो म्युजिक सिस्टमका लागी खर्च हुने उक्त रकमले भारतमा टोयोटा फर्चूनर एसयुभी खरिद गर्न सकिन्छ ।

प्रिमियम फिचर्सले भरिपूर्ण यो म्युजिक सिस्टम हालसम्मकै अत्याधुनिक र सुविधासम्पन्न रहेको दावी गरिएको छ । ३८४ किलोहर्ज÷३२ विट प्लेव्याक क्षमता भएको यो सिस्टममा सिडीको तुलनामा १७.१ गुना बढी सुचना स्टोर गर्न सकिन्छ । साथै म्युजिक सुन्दा लाइभ पर्फमेन्स सरहको आनन्द महशुस गर्न सकिन्छ ।

प्रिमियम हेड युनिट र डिजिटल साउन्ड प्रोसेसर सामेल गरिएको यो सिस्टम फ्लोटिङ डिजाइनका साथ ७, ९ र ११ इन्चको टचस्क्रिन डिस्प्लेमा उपलब्ध रहेको छ । मिडिया र नेभिगेसनका लागि एप्पल कार प्ले, एन्ड्रोइड अटो र गुगल असिस्टेन्ट जस्ता कनेक्टिभिटी एप्सलाई सजिलै सपोर्ट गर्न सक्ने यो सिस्टमलाई सजिलोसंग प्रयोग गर्न सकिने बताइएको छ । यी वाहेक यो सिस्टममा अन्य थुप्रै अत्याधुनिक विशेषताहरु समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

धेरै प्रयोगकर्ताहरूले घरमै आफ्नो सवारी साधन चार्ज गर्ने गरेका छन् । तर...

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...