हुन्डाईले बन्द गर्यो सेन्ट्रो ह्याचव्याकको उत्पादन

हुन्डाई मोटर्सले भारतमा सेन्ट्रो ह्याचव्याकको उत्पादन बन्द गरेको छ । इन्ट्रि लेवल ह्याचव्याकमा निकै नै लोकप्रिय मानिएको यो कार सन् १९९८ देखी भारतीय बजारमा उपलब्ध रहँदै आएको थियो । सन् २०१४ सम्म पहिलो जेनेरशन सेन्ट्रो बिक्री हुँदै आएको भारतीय बजारमा त्यसपछि भने यसको उत्पादन बन्द गरिएको थियो । पछि सन् २०१८ मा नयाँ डिजाइनका साथ उत्पादन शुरु भएको यो कारलाई इन्ट्रि लेवल ह्याचव्याक सेग्मेन्टमा प्रिमियम कार मानिँदै आइएको थियो । यो नयाँ मोडलले त्यसअघिको इओन ह्याचव्याकलाई प्रतिस्थापन गरेको थियो ।

बजेट सेग्मेन्टको यो कारमा हुन्डाइले रियर एसी भेन्ट र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम समेत उपलब्ध गराएको थियो । नयाँ सेन्ट्रो लन्च भएको सुरुवाती समयमा निकै राम्रो संख्यामा बिक्री भएपनि त्यसपछि भने यसको बिक्री खस्किदै गएपछि कम्पनीले यो ह्याचव्याकको उत्पादन पुन बन्द गर्ने निर्णय लिएको हो ।

सन् २०१८ यता १ लाख ५० हजार युनिट बिक्री भएको यो कारको बिक्री पछिल्लो समय मासिक २ हजार युनिटमा सिमित वनिरहेको छ । साना एसयुभीको बढ्दो लोकप्रियता र सबै कारमा ६ वटा एयरव्याग अनिबार्य गर्ने सरकारी निर्णयले समेत यो कारको बिक्री र मूल्यमा प्रभाव पार्ने देखेपछि हुन्डाइले सेन्ट्रोको उत्पादन भारतमा बन्द गर्ने निर्णय लिएको हो ।

सेन्ट्रो नेपाली बजारमा समेत निकै नै रुचाइएको ह्याचव्याक कार हो । यसको पहिलो जेनेरेशन मोडल कुनै समय नेपाली बजारमा सर्बाधिक बिक्रि हुने मोडलमा पर्ने गरेको थियो । पछि आएको नयाँ मोडलले भने नेपाली ह्याचव्याक पारखीको मन जित्न सकिरहेको थिएन । यो कार यहि सेग्मेन्टका अन्य ब्रान्डको तुलनामा धेरै नै महंगो भएर आएको थियो ।

सम्बन्धित समाचारहरू

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च...

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...