सय भन्दा बढी ब्रान्डका ‘ब्रेक शु’ बिक्री हुन्छन् नेपालमा, कस्तो छ बजार ?
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
गुगलले एन्ड्रोइड अटो एपमा नयाँ फिचर्स थप गरेको छ । सवारीसाधनमा प्रयोग हुँदै आइरहेको यो एपमा उसले नयाँ स्प्लिट–स्क्रिन इन्टरफेस थप गरेर अपडेट गरेको हो । नयाँ फिचर अपडेट भएसंगै यो एपको लुक समेत नयाँ देखिने जनाइएको छ । जहाँ प्रयोगकर्ताले ३ वटा स्प्लिट–स्क्रिन मोडलाई प्रयोगमा ल्याउन सक्नेछन् ।
जसमध्ये सबैभन्दा ठूलो स्क्रिनले नक्सा र नेभिगेसन देखाउने छ भने त्यसपछिको सानो स्क्रिनमा म्यूजिक, पोडकास्ट र अडिओ कन्ट्रोल र अर्को सानो स्क्रिनमा गुगल एसिस्टेन्टबाट प्राप्त हुने सल्लाह तथा सुचनाहरु देख्न सकिनेछ । भविष्यमा यसलाई अझै परिष्कृत गरी सबै प्रकारको स्क्रिन साइजमा प्रयोग गर्न सकिने वनाउन लागिएको गुगलले बताएको छ ।
यो एपमार्फत चालकले नेभिगेसन, मिडिया र कम्युनिकेशन जस्ता कनेक्टिभिटी फिचरमा नयाँ पन पाउनेछन् । अपडेट गरिएको यो नयाँ एपले चालकलाई छिटो निर्देशन दिन मद्धत गर्नेछ भने मिडियालाई सजिलै कन्ट्रोल गर्न र धेरैभन्दा धेरै कार्य सम्पादन गर्न सहयोग गर्नेछ ।
सन् २०१४ देखी प्रयोगमा आएको यो एप सवारीसाधन प्रयोगकर्तामाझ निकै नै लोकप्रिय बनिरहेको छ । नेभिगेसन लगायत फिचर्सलाई प्रयोगमा ल्याउन उपयोगी रहँदै आएको यो एपलाई तारको साहयाता विनानै चालकले स्मार्ट फोनलाई सवारीसाधनको ड्यासवोर्डसंग कनेक्ट गरी प्रयोगमा ल्याउन सक्नेछन् ।
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
आजकालका कारमा प्रविधिमा व्यापक सुधार हुँदै गइरहेको छ। खासगरी गर्मीमा लामो...
कार चलाउनु र ड्राइभिङ कलामा निपुण हुनु दुई फरक कुरा हुन्। ड्राइभिङ स्कुलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...