चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने

चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा क्षेत्रको विश्लेषण र नयाँ विद्युतीय ब्रान्ड ‘दिपल’ लाई सार्वजनिक गरिएको छ । यसले बढ्दो विद्युतीय उपभोक्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ । २१ वटा नयाँ उत्पादन मध्ये ५ वटा दिपल ब्रान्ड अन्तर्गत सार्वजनिक गरिने बताइएको छ ।

चांगन अटोले २०२७ सम्म कार्बन पिकिङ हासिल गर्ने लक्ष्य लिएको छ भने कार्बन न्युट्रालिटिी २०५० सम्मको लक्ष्य राखिएको जानकारी गराएको छ । यस लक्ष्य हासिल गर्न चांगन अटो केही क्षेत्रमा केन्द्रित रहेको बताइएको छ ।

पहिलो भनेको विद्युतीय डिजिटल ब्रान्ड ‘दिपल’ लाई सार्वजनिक गर्नु हो । दिपलले अभटार ११ पछिको निरन्तरतालाई कायम गर्ने छ जुन हुवावे र सिएटिलसँगको सहकार्यमा सफलतापूर्वक सार्वजनिक भएको थियो । कम्पनीले ठुलो मात्रामा पहिलो हाइड्रोजन फ्युल सेल सेडान पनि चीनमा उत्पादन गर्ने योजना रहको बताएको छ ।

यसका साथसाथै कम्पनीले थोरै हाइड्रोजन खपतमा उच्च सुरक्षा, उच्च विश्वसनियताका साथ विविध परिदृश्यमा कार्बन खपत कम गर्ने उत्पादनमा लक्षित हुने जनाएको छ ।

चांगन अटोका सवारी साधन नेपाली बजारमा पनि उपलब्ध छन् । हाल एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले चांगनका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । दिपल ब्रान्डका इलेक्ट्रिक सवारी साधन उत्पादन भएमा भविष्यमा नेपाली बजारमा समेत यी सवारी साधन उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

रेन्ज कम दिएको गुनासो पछि दिल्ली सरकारले हटायो नेक्सन इभीमा सहुलियत

रेन्ज कम दिएको गुनासो पछि दिल्ली सरकारले हटायो नेक्सन इभीमा सहुलियत

इलेक्ट्रिक भेइकलमा दिल्ली सरकारले उपलब्ध गराउँदै आएको सहुलियत नेक्सन...

२ घण्टामा फुल चार्ज, २ ब्याट्री अप्सन, २४० किमी रेन्जको इलेक्ट्रिक स्कुटर अब नेपालमा

२ घण्टामा फुल चार्ज, २ ब्याट्री अप्सन, २४० किमी रेन्जको इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘ब्राभो’...

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले प्रिमिय एसयूभी र सुपर कार उत्पादनका छुट्टै नयाँ व्राण्ड याङवाङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...