टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प

टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी सार्वजनिक गरेको छ । नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । हालको स्ट्यान्डर्ड नेक्सन ईभी भन्दा १० किलोवाट आवर क्षमता बढी हो ।

नेक्सन ईभीले ३१२ किलोमिटर रेन्ज दिने बताइएको छ । यद्यपि रियलमा नेक्सन ईभीले २०८ किलोमिटर जति रेन्ज दिइरहेको अवस्थामा अबको नेक्सन ईभी म्याक्सले रियलमा करिव ३ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।

नेक्सन ईभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर अप्सन सहित एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ ।

३.३ किलोवाट चार्जर अप्सनको एक्सजेड प्लसको मूल्य १७ लाख ७४ हजार र एक्सजेड प्लस लक्जरीको मूल्य १८ लाख ७४ हजार भारु तोकिएको छ । त्यसैगरी ७.२ किलोवाट एसी फास्ट चार्जर अप्सनको एक्सजेड प्लसको मूल्य १८ लाख २४ हजार र एक्सजेड प्लस लक्जरीको मूल्य १९ लाख २४ हजार भारु तोकिएको छ । कम्पनीले सो इलेक्ट्रिक गाडीको मूल्य २० लाख भारु भन्दा कममा राख्ने प्रयास गरेको देखिन्छ ।

टाटा मोटर्सका अनुसार ३.३ किलोवाट आवरको चार्जरले करिव १५ घण्टामा फुल चार्ज गराउछ भने ७.२ किलोवाट आवरको चार्जरले ५ देखि ६ घण्टामा । कुनै पनि परम्परागत ५० किलोवाट आवरको चार्जरले चार्ज गर्दा ५६ मिनेटमा ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने बताइएको छ ।

नेक्सन ईभी म्याक्स एक्सजेड प्लसमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । यसमा १०५ किलोवाटको मोटर हुनेछ, जसमा मल्टी मोड रिजन, सबै चारवटा डिस्क ब्रेक, आई–भीबीएसी सहितको ईएसपी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर, ज्वेल्ड कन्ट्रोल नब र क्रुज कन्ट्रोल लगायतका विशेषता छन् ।

त्यसैगरी एक्सजेड प्लस लक्जरीमा यी भन्दा बाहेक थप विशेषताको रुपमा इलेक्ट्रिक सनरुफ, भेन्टिलेसन सहितको लेदर फ्रन्ट सिट, अल न्यु मकारना ब्याज इन्टेरियर, अटो डिमिङ आईआरभीएम र एयर प्युरिफायर जस्ता विशेषता छन् ।

नेक्सन ईभी म्याक्समा भएको १४३ एचपी मोटरले २५० एनएम टर्क जेनेरेट गर्छ, जुन नेक्सन ईभीमा भएको भन्दा १४ एचपी र ५ एनएम बढी हो ।

नेपाली बजारमा हाल टाटा नेक्सन ईभीको निकै नै माग छ । भविष्यमा नेक्सन ईभी म्याक्स समेत उपलब्ध भएमा यसप्रतिको आकर्षणमा पनि उत्तिकै वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर...

सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर सार्वजनिक, बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटैछुट

सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर सार्वजनिक, बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटैछुट

काठमाडौं – नेपालका लागि सिएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...