टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर चाँडै आउँदै, बलियो ब्याट्री र रेन्ज समावेश हुने

टीभीएसले यस वर्ष भारतीय बजारमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोडल ल्याउने तयारी गरेको छ । यसका लागि कम्पनीले नयाँ दुई पाङ्ग्र्रे सवारी साधनको उत्पादन बढाउन ७०० करोड पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।

रिपोर्टका अनुसार कम्पनीले सो स्कुटर जुन वा जुलाईमा पेश गर्ने सम्भावना रहेको छ । कम्पनीले ५केडब्ल्यु र २५ केडब्ल्यु रेन्जको २ पाङ्ग्र्रे र ३ पाङ्ग्र्रे सवारी साधनको पूर्ण पोर्टफोलियो निर्माण गरिरहेको छ, जसलाई आगामी त्रैमासिकमा लन्च गरिनेछ । यी मध्ये पहिलो उत्पादन यसै वर्ष लन्च हुनेछ ।

कम्पनीको इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । अब कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा यसको उत्पादन क्षमता प्रतिमहिना १० हजार युनिट पु¥याउने लक्ष्य राखेको छ । टीभीएस आईक्युब ४.४ केडब्ल्यु लिथियम आयोन ब्याट्रीद्वारा संचालित छ । यसले एक पटक फुल चार्जमा ७५ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

टीभीएसले आफ्नो स्पोर्टी एनटर्क १२५ स्कुटरको एक्सटी भेरिएन्ट पनि ल्याएको छ । नयाँ स्कुटर थप रेस–आधारित डिजाइन र नयाँ पेन्ट स्किमको साथ आउँछ । एनटर्क १२५ एक्सटी १ लाख २ हजार ८२३ भारुमा लन्च गरिएको छ । यो भेरिएन्ट फ्रन्ट डिस्क ब्रेकसहित नियोन ग्रीन कलरमा उपलब्ध हुनेछ । यो भेरिएन्टमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट स्टाइल डिस्प्ले र अपडेटेड कनेक्टिभिटी फिचर रहेको छ ।

एनटर्क १२५ एक्सटीमा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ । सो इन्जिनले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

नाडा स्पेसल ३ लाख छुट सहित जिली ईएक्स५ को नेपालमा औपचारिक बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

नाडा स्पेसल ३ लाख छुट सहित जिली ईएक्स५ को नेपालमा औपचारिक बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

चीनको सबैभन्दा ठूलो मध्ये एक अटो निर्माता जिली अटो होल्डिङले उत्पादन...

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...