कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी
काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...
काठमाडौं – आगामी जेठ ४ गते देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि नयाँ आवेदन खुल्ने भएको छ । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन पाउने गरी तयारी गरेको बताएको छ ।
विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो । योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।
आगामी दिनमा विभागले प्रणालीबाट नै मुलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देक घिमिरेले बताए ।
उनका अनुसार विभागले बनाएको सिस्टम अनुसार आवेदकले मुलकभरका सबै सेवा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिएको १५ दिनमा कुन कार्यालयमा भिजिट गर्नुपर्ने हो, त्यसको मितिसमेत सो आवेदनको समयमा नै सुनिश्चित हुनेछ । सेवाग्राहीले आफ्नो सम्पूर्ण विवरण भरेर दर्ता गरी यूजर आईडी बनाएर नेपाली नागरिकता अपलोड गरी आवेदन दिन सक्ने छन् । उनका अनुसार आवेदन दिँदा सरकारलाई तिर्नुपर्ने राजस्व पनि अनलाइन अग्रिम भुक्तानी गर्नु पर्नेछ । साथै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको सिफारिसमा मेडिकल पास भएका आवेदनकर्ताले अनलाइन दर्ता गरेर प्राप्त पिडिएफ दिएर १५ दिनभित्र आवेदन दिएको यातायात सेवा कार्यालयमा बायोमेट्रिक्सको लागि सम्पर्क राख्न सक्ने छन् ।
विभागले पछिल्लो समय सिस्टममा आवेदकको संख्या धेरै र कार्यालयमा आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीको लागि मात्र यस्तो सिस्टम विकास गर्न लागिएको महानिर्देशक घिमिरेले बताए । विभागले १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरेको थियो ।
हाल मुलुकभरको २४ वटा सेवा कार्यालयबाट दैनिक १५ हजारले सेवा लिन पाउने गरी सिस्टम विकास गर्न लागेको जनाएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा...
काठमाडौं – स्थानीय तहको निर्वाचनको दिन पर्यटकलाई सहज बनाउन नेपाल पर्यटन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...