ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने
दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको...
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको लङ रेन्ज भर्सनलाई नेक्सन ईभी म्याक्स नाम दिने भएको छ । आगामी मे ११ मा लन्च गर्ने तयारी भइरहेको नेक्सन ईभी म्याक्सको टिजर सार्वजनिक भएको छ । कम्पनीले हालको नेक्सन ईभीका साथै आगामी दिनमा नेक्सन ईभी म्याक्स समेत बिक्री गर्नेछ ।
नेक्सन ईभी म्याक्समा ४० केडब्ल्युएच क्षमताको ब्याट्री जडान गर्ने सम्भावना छ जसले एक पटक चार्जमा ४०० किमीको रेन्ज प्रदान गर्न सक्षम हुनेछ । हालको भर्सनमा ३०.२ केडब्ल्युएच ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा ३१२ किमीको रेन्ज प्रदान गर्छ । नयाँ ईभी म्याक्सको मूल्य हालको मोडल भन्दा धेरै हुने अपेक्षा गरिएको छ ।
नेक्सन ईभी म्याक्सलाई भारतमा धेरै पटक परीक्षण गर्दा देखिएको छ । यसमा केही नयाँ फिचरको साथै कस्मेटिक अपडेट पनि गर्नेछ । सो एसयूभीमा विभिन्न मोड हुनेछ, जसले चालकलाई पुनः उत्पन्न ब्रेकिङको तीव्रता डायल–अप÷डाउन गर्न सहज बनाउनेछ । नयाँ फिचरमा क्रुज कन्ट्रोल, भेन्टिलेटेड सिट र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल आदि समावेश हुनेछ ।
टाटाले नेक्सन ईभी म्याक्स मात्र होइन, नयाँ टिगोर ईभीको लङ रेन्ज भेरिएन्ट पनि लन्च गर्ने योजना बनाएको छ, जबकि अल्ट्रोज ईभी र पन्च ईभी पनि पाइपलाइनमा रहेको छ । कम्पनीले हालै कर्भ र अभिन्या इलेक्ट्रिकको अवधारणा पनि खुलासा गरेको छ, जसको आधारमा आगामी २–३ वर्षमा इलेक्ट्रिक कार लन्च हुनेछ ।
दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको...
सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...
काठमाडौं– टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...