आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल
काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...
इलेक्ट्रिक कारमा दाबी गरिएको रेन्जका विषयमा अधिकांश ग्राहक आश्वस्त हुन सकिरहेको पाइदैन । यस्ता गाडीको रेन्ज टेष्ट गर्दा विशेष अबस्थालाई आधार मानेर गरिने हुँदा उक्त रेन्ज सबै रोड कन्डिसनमा लागु नहुने संभावना देखिन्छ ।
हाल डब्लुएलटिपी र एनईडिसीले इलेक्ट्रिक साधनको रेन्ज निर्धारण गर्दै आइरहेका छन् । यसरी निर्धारण गरिने रेन्जलाई नै आधार मानेर उत्पादक कम्पनीले आफ्नो गाडीले सोही रेन्ज प्रादन गर्ने ग्राहकसंग दाबी गर्ने गरेको पाइन्छ । तर यसरी दाबी गरिएको रेन्ज अधिकांश इलेक्ट्रिक कारले नदिने यस्ता कार प्रयोग गर्ने ग्राहकले बताउँदै आइरहेका छन् ।
यस्तोमा इलेक्ट्रिक कारले रियल कन्डिसनमा दिने रेन्ज पत्ता लगाउने एउटा सरल उपाय वाहिर आएको छ । जसअनुसार कम्पनीले दावी गरेको रेन्जलाई १.१३ ले भाग गरी आउने माइलेजको ९० प्रतिशत हाराहारी रेन्जलाई रियल कन्डिसनमा प्राप्त गर्न सकिने रेन्ज मान्न सकिने देखिएको छ ।
जस्तो कुनै इलेक्ट्रिक कारमा दाबी गरिएको रेन्ज ५०० किलोमिटर छ भने यसलाई १.१३ प्रतिशतले भाग गर्दा आउने कुल ४४२ किलोमिटरको ९० प्रतिशत अर्थात कुल ३९८ किलोमिटर हाराहारी रेन्ज मात्र रियल कन्डिसनमा प्राप्त गर्न सकिने देखिन्छ । यसरी निर्धारण गरिने रेन्जलाई आधार मानेर यात्रा तय गर्दा ग्राहकलाई सवैभन्दा बढी सहज हुने पाइएको छ ।
काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...
महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...
भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...