यस्तो हुनेछ काठमाडौं–पोखरा चल्ने सुन्दर यातायातको विद्युतीय बस

काठमाडौं – सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस सार्वजनिक गरेको छ । सुन्दर यातायातले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सो बस आगामी निर्वाचन पश्चात काठमाडौं–पोखरा रुटमा संचालन गरिने छ ।

सुन्दर यातायातले केही दिन पहिले नै यो बसको वारेमा जानकारी सार्वजनिक गरेको थियो । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘निर्वाचन पश्चात बस काठमाडौं–पोखरा रुटमा चलाइने छ ।’

थापाका अनुसार सो बस चाइनिज कम्पनी बीएकेको गुआङ अटो र कसिस ग्रुप अफ इंगल्यान्ड तथा सुन्दर यातायातको सहकार्यमा बनाइएको हो । सिंगल चार्जमा यसले ३२५ किलोमिटरको माइलेज दिनेछ । काठमाडौं देखि पोखरा सम्मको दुरी करिब २१० किलोमिटर भएकाले पोखरा र काठमाडौंमा मात्र चार्जिङ स्टेशन भए पनि चल्ने छ । यसले गर्दा हाल प्रारम्भमा यी दुई स्थानकै स्टेशनमार्फत चार्ज गरिने उनले बताए ।

सुन्दर यातायातले हाल काठमाडौंको रिङरोडमा विद्युतीय बस चलाइरहेको छ भने रुपन्देहीमा पनि केही दिन पहिले देखि चलाउन थालेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...