केटिएमलाई उद्धार गर्न बजाज अटोले १ हजार ३६० करोड भारु लगानी थप्ने
प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे...
केटीएमले नयाँ एमवाई२०२२ ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइकको मूल्य ३ लाख २८ हजार ५०० भारु एक्स शोरुम तोकिएको छ ।
केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । यो इन्जिनले ४३ बीएचपी पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ ।
यस बाइकलाई डब्ल्युपी एपेक्स अपसाइड डाउन फोक्सको साथ रियरमा एड्जस्टेबल मोनोशकमा मिलाइएको छ । ब्रेकिङका लागि फ्रन्टमा र रियरमा ड्युअल च्यानल एबीएससहित ३२० एमएम र २८० एमएमको डिस्क ब्रेक दिइएको छ ।
केटीएम ३९० एड्भेन्चर बाइकमा ट्रयाक्सन कन्ट्रोल सिस्टमको लागि स्ट्रिट र अफरोड मोडमा उपलब्ध छ । सो बाइक एक्कासी रोकिएमा वा लडेमा पनि अफरोड मोड सक्रिय रहनेछ । यो बाइकमा भएको नयाँ विशेषता हो ।
त्यसैगरी यसमा रोबुस्ट कास्ट ह्विल उपलब्ध छ । पहिलेको ६ स्पोक डिजाइन भन्दा अहिलेको ५ स्पोक डिजाइनले रिमको स्टिफनेस र रिजेस्टेन्स बढाउछ, जसले गर्दा ह्विलको तौल कम हुन्छ ।
केटीएम ३९० एड्भेन्चर मोडेल २ नयाँ रङमा उपलब्ध छ । यसमा केटीएम फ्याक्ट्री रेसिङ ब्लु र डार्क ग्याल्भानो ब्ल्याक रङ समावेश छ ।
नेपाली बजारमा हाल उपलब्ध केटीएम ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९ सय रुपैयाँ छ । अपग्रेड गरिएको नयाँ बाइक भविष्यमा नेपाली बजारमा पनि आउन सक्छ ।
प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे...
प्राय कारमा मात्रै प्रयोग हुने अटोमेटिक ट्रान्समिसन(एएमटी) अब मोटरसाइकलमा...
काठमाडौं – नेपाली बजारमा नयाँ २५० सीसीको डर्ट बाइक कायो टी२ को बुकिङ खुलेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...