लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – यातायात व्यवस्था विभागले लाइसेन्स लिन चाहनेहरुका लागि तीन दिनमै लाइसेन्स दिनका लागि आवश्यक व्यवस्था गरिरहेको छ ।
बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दै छ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, वाग्मती प्रदेशका सचिव नेत्र सुवेदीका अनुसार हाल पहिले दर्ता भइसकेको सेवाग्राहीका लागि आवश्यक कार्य सम्पन्न गर्ने र आगामी दिनमा सेवाग्राहीले चाहेकै दिनमा परीक्षा संचालन गर्ने व्यवस्था मिलाइने छ । यसका लागि संघीय यातायात व्यवस्था विभागले आवश्यक सिस्टम तयार गर्ने र प्रदेशका कार्यालयहरुले त्यसलाई कार्यान्वयन गर्ने गरी कार्य भइरहेको छ ।
हाल एकान्तकुना लगायतका अभिलेख प्रणाली व्यवस्थित गर्नु पर्ने कार्यालयहरुमा भएका अभिलेखलाई व्यवस्थित गर्ने कार्य समेत भइरहेको छ । नयाँ लाइसेन्स दिनका लागि समस्या नभए पनि नवीकरण गर्न वा अन्य केही सेवा लिन आउनेहरुका लागि भने समस्या भएको छ । यसलाई व्यवस्थित गरिसके पछि आवश्यक कार्य अगाडि बढ्ने योजना छ । यसका लागि आवश्यक कार्यविधि समेत बनाइने छ ।
यस्ता पेन्डिङ लिस्ट सल्टाउने कार्य भइरहेको र पेन्डिङ लिस्ट समाधान भइसकेका कार्यालयहरुले यातायात व्यवस्था विभागमा माग गरे पश्चात परीक्षाका लागि कार्य शुरु गर्नेछन् । यसो गर्दा विहान वा बेलुकी सिफ्टको समेत व्यवस्था गरेर कार्य अगाडि बढाइने सुवेदीले बताए । धेरै सेवाग्राही हुने कार्यालयमा समस्या भए पनि साना कार्यालयमा भने यो समस्या नहुने र काम अगाडि बढ्ने उनको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...