नेपाल भित्रिदै नयाँ इलेक्ट्रिक कार बीवाईडी एटो ३ : अर्को साता देखि बुकिङ खुल्ने

काठमाडौं – नेपाली बजारमा बीवाईडीका इलेक्ट्रिक कार बिक्री गरिरहेको साइमेक्स इंकले नयाँ इलेक्ट्रिक कार एटो ३ को बुकिङ अर्को साता देखि खुला गर्ने भएको छ । यससँगै नेपाली बजारमा अर्को नयाँ इलेक्ट्रिक कार प्रवेश गर्ने बाटो खुला भएको छ ।

बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध हुन्छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । बीवाईडीले पछिल्लो समयमा प्रयोग गर्दै आएको ब्लेड ब्याट्रीको लोकप्रियता अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको छ । नेपाली बजारमा माथिल्लो भर्सन अर्थात ६०.४ किलोवाट आवर ब्याट्रीयुक्त कार आउने बताइएको छ ।

८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ३२० देखि ४२० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ ।

बीवाईडी एटो ३ परम्परागत ईभी टाइप डिजाइनमा आधारित छ । यसमा इलेक्ट्रिक साइड सहितको प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर र १८ इन्चको अलोय ह्विललगायतका विशेषता छन् ।

यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ ।

भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन् ।

सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको...

टाटा टियागो ईभीको खुल्यो बुकिङ

टाटा टियागो ईभीको खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

काठमाडौं– नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा देखिने भएको छ । भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...