हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला बन्यो सर्बाधिक बिक्री हुने इलेक्ट्रिक स्कुटर

हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला भारतको नम्वर वान इलेक्ट्रिक स्कुटर व्रान्ड वनेको छ । अप्रिल महिनामा ओलाले कुल १२ हजार ६ सय ७९ युनिट स्कुटर बिक्री गर्दा हिरो इलेक्ट्रिकको बिक्री ६ हजार ५ सय ७१ युनिटमा सिमित भएको थियो । उक्त महिना हिरो इलेक्ट्रिकको भन्दा झन्डै दोव्वले बिक्री बढाएको ओला आधुनिक फिचर्सयुक्त स्कुटरको निर्माणका कारण लोकप्रिय वनिरहेको छ ।

ओलाले शोरुम विनानै अनलाइन प्लेटफर्ममार्फत स्कुटरको वुकिङ लिएर ग्राहकको घरमै डेलिभरी दिँदै आइरहेको छ । केही समय अघिमात्र यो व्रान्डको एक स्कुटरमा आगालागी भएको थियो । उक्त घटनापछि यो स्कुटरमा प्रयोग गरिएको व्याट्रीको गुणस्तरका विषयमा नकरात्मक टिकाटिप्पणी भैरहेको छ ।

यसको साथै बुकिङ गरेको निकै ढिलो समयमा मात्र डेलिभरी गर्ने गरेको आरोप समेत यो ब्रान्डमाथि लाग्ने गरेको छ । आगालागिको घटनापछि कम्पनीले १ हजार ४ सय ४१ युनिट एस१ प्रो मोडललाई बजारबाट फिर्ता लिएर परिक्षण गरिरहेको छ ।

उता चिप अभावको समस्या झेलिरहेको हिरो इलेक्ट्रिकले भने अप्रिल महिनामा कुनैपनि युनिट उत्पादन गर्न नसकेको जनाइएको छ । चीप अभावको वैकल्पिक समाधान खोजिसकेका कारण छिट्टै उत्पादन सुचारु हुने र बजारमा पुन दमदार पुनरागमन जनाउने उसले बताएको छ ।

सम्बन्धित समाचारहरू

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...