याडियाका २०२२ मोडल नेपाल भित्रिदै, २० हजार डिस्काउन्ट र ७ एसेसरिज निःशुल्क

काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । नेपालका लागि कुजु नेपाल प्रालिले यी स्कुटर भित्र्याउने भएको हो ।

नयाँ मोडलसँगै कम्पनीले स्पेसल स्प्रिङ अफर समेत ल्याउने भएको छ । यस अनुसार सबै मोडलमा २० हजार रुपैयाँ नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी हेल्मेट, कि–चेन, टिसर्ट, अम्ब्रेला, क्याप र मगलगायतका विभिन्न एसेसरिज समेत उपलब्ध हुनेछ ।

कुनै पनि पुरानो स्कुटरसँग नयाँ याडिया स्कुटर साट्नका लागि शून्य प्रतिशत ब्याजदर सहितको लोन सहज तरिकाले लिन सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ गरी तीन मोडलका स्कुटरबिक्री–वितरण भइरहेको कम्पनीको भनाइ छ । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४५ हजार, ३ लाख ६५ हजार र २ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

करिब दुई सातामा नयाँ मोडलका स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् । हाल यसको बुकिङ खुला गरिएको कम्पनी स्रोतको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...