२३ वर्षमा होण्डाले भारतमा बिक्री गर्यो ६ करोड बाइक, सर्बाधिक बिक्री हुने मोडल एक्टिभा
भारतीय बजारमा प्रवेश गरेको २३ वर्ष अबधीमा होण्डाले ६ करोड बढी मोटरसाइकल र...
नेपाली बजारमा लोकप्रिय मानिने होन्डाको स्कुटर ‘डियो’ को मूल्य करिब ११ वर्ष पहिले २०६८ साल बैशाखमा १ लाख ४६ हजार रुपैयाँ थियो । करिव ११ वर्ष पश्चात यसको मूल्य २ लाख २८ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा करिब ८२ हजार रुपैयाँ मूल्य बढेको छ ।
२०६८ सालमा डियोको एउटा भेरिएन्ट ‘न्यु डियो’ थियो र यसको मूल्य १ लाख ४५ हजार ९ सय रुपैयाँ थियो । हाल नेपाली बजारमा डियोको एलईडी स्ट्यान्डर्ड र डिलक्स गरी दुई भेरिएन्ट उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख १५ हजार ९ सय र २ लाख २७ हजार ९ सय रुपैयाँ छ ।
नेपाली बजारमा होन्डा डियो निकै नै लोकप्रिय स्कुटर हो । डियो डिलक्समा सीबीएस ब्रेकिङ सिष्टम र स्ट्याबिलिटी कन्ट्रोल, फुल्ली डिजिटल मिटर, मोबाइल चार्जिङ सकेट लगायतका आधुनिक विशेषता थपिएको छ । त्यसैगरी स्कुटरको पर्फमेन्स तथा माइलेजका ‘एचइटी’ इन्जिन, सिट ओपनिङ स्विचसँगै फोर इन वान लक, सर्भिस रिमाइन्डर इन्डिकेटर र गोल्ड रिमको विशेषता प्रदान गरिएको छ ।
स्कुटरमा एलईडी हेडलाइट जडान गरिएको छ । यसमा डिजिटल स्पिडोमिटर र ट्रिप मिटर छ । यसमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर उपलब्ध छ ।
यसबाहेक स्कुटरको इन्जिन, लुक्स लगायत अन्य पक्षमा दुई स्कुटर बीचमा कुनै भिन्नता छैन । यसमा १०९.१९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इञ्जिन छ, जसले ८ बीएचपी पावर तथा ८.९१ एनएम टर्क जेनेरेट गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने यो स्कुटर भारतीय प्रदूषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।
भारतीय बजारमा प्रवेश गरेको २३ वर्ष अबधीमा होण्डाले ६ करोड बढी मोटरसाइकल र...
जापजिन अटो निर्माता होन्डाले सिटी सेडानको हाइब्रिड भर्सन भारतमै उत्पादन...
होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...