नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का

मारुती सुजुकीले लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६को अपडेटेड भर्सन लन्च गरेसँगै अब नयाँ कार लन्च गर्ने योजना बनाएको छ । रिपोर्टका अनुसार मारुती सुजुकीले यस वर्षको अन्त्यसम्ममा भारतमा नयाँ मिड साइज एसयूभी ल्याउनेछ ।

मारुती सुजुकीले यो वर्ष आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी भिटारा ब्रेजाको नयाँ जेनेरेसन पनि ल्याउने योजना बनाएको छ । यो कार जुन २०२२ मा भारतमा लन्च हुनेछ । नयाँ जेनेरेसनको साथमा भिटारा ब्रेजा नाम हटाएर भारतमा ब्रेजाको रूपमा पेश गरिने छ ।

नयाँ जेनेरेसनको ब्रेजा परीक्षणका क्रममा पटक–पटक देखिएको छ । कारमा बलेनो जस्तै नयाँ फ्रन्ट फेसिया दिइएको छ र रियरमा केही परिवर्तन गरिएको छ । यसलाई ग्लोबल सी प्लेटफर्मद्वारा जारी राखिनेछ, जसले सो कारलाई ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार प्राप्त गर्न मद्दत गर्नेछ ।

नयाँ ब्रेजामा नयाँ डिजाइन गरिएको स्लिकर एलईडी हेडलाइट, नयाँ एलईडी डीआरएल, क्लिभर बोनेट, नयाँ १६ इन्चको टु–टोन अलोय ह्विल, अपडेट गरिएको एलईडी टेललाइट र टेलगेटसहितको फ्रन्ट ग्रिल सेक्शन समावेश गरिएको छ । कारको फ्रन्ट र रियर बम्पर र नयाँ बडी प्यानल आदि अपडेट गरिएको छ ।

नयाँ जेनेरेसन मारुती सुजुकी ब्रेजाको इन्टेरियर पूर्ण अपडेट गरिने छ । सो कारमा सेन्टर कन्सोल, अपडेट इन्स्ट्रयुमेन्ट कन्सोल, एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथ फ्लोटिङ ९ इन्च स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एचयूडी, कनेक्टिभ टेक, सनरुफ, ३६० डिग्री क्यामेरा, फ्ल्याट बटम स्टेयरिङ ह्विल, ६ एयरब्याग, हिल होल्ड फंक्सन, क्रुज कन्ट्रोल, पुश बटन स्टार्ट÷स्टप समावेश गरिनेछ ।

नयाँ मारुती सुजुकी ब्रेजामा माइल्ड हाइब्रिड प्रविधिको साथै १.५ लिटर, ४ सिलिन्डर, के१५सी डुअलजेट पेट्रोल इन्जिन समावेश गरिनेछ, जसमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र प्याडल सिफ्टरको साथमा नयाँ ६ स्पिड अटोमेटिक गियरबक्स हुनेछ । कम्पनीले म्यानुअल भेरिएन्टमा नयाँ सीएनजी पावरट्रेन पनि थप्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...

सुजुकी स्विफ्ट फेरि बन्यो भारतको नम्वर १ कार

सुजुकी स्विफ्ट फेरि बन्यो भारतको नम्वर १ कार

सुजुकी स्विफ्टले नम्बर–१ कारको आफ्नो पुरानो विरासतलाई एकपटक फेरि फिर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...