भविष्यको ब्याट्री प्रविधि बन्दै छ सोलिड स्टेट : हालको ईभी ब्याट्री उत्सर्जनलाई करिव ४० प्रतिशत घटाउने
इलेक्ट्रिक सवारी साधनको वारेमा कसैले आलोचना गर्नु प¥यो भने सबैभन्दा पहिले...
हिरो मोटोकर्पले केही महिना अघि भीडा ईभी सब–ब्रान्डको बारेमा घोषणा गरेको थियो । कम्पनीले यसलाई भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री गर्नेछ । हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानका अनुसार चालु आर्थिक वर्षको अर्को त्रैमासमा कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटर भीडा ईभी लन्च गरिने छ ।
भीडाको पहिलो इलेक्ट्रिक स्कुटर आधिकारिक रूपमा जुलाई १, २०२२ मा सार्वजनिक गरिने छ । कम्पनीले सो स्कुटर हिरो मोटोकर्पका संस्थापक स्वर्गीय बृजमोहन लाल मुञ्जालको जन्म दिनमा लन्च गर्नेछ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर भारतको आन्ध्र प्रदेशमा नवनिर्मित प्लान्टमा उत्पादन हुने पुष्टि गरेको छ ।
नयाँ स्कुटरको कस्टमर डिस्प्याच यसै वर्षको अन्त्यबाट सुरु हुने र त्यसपछि डेलिभरी हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि गोगोरोसँग दीर्घकालीन साझेदारीको घोषणा गरिसकेको छ । गोगोरो एक प्रसिद्ध ताइवानी कम्पनी हो जुन ब्याट्री स्वापिङ र अन्य इलेक्ट्रिक मोबिलिटी समाधान गर्न निकै माहिर छ ।
हिरो मोटोकर्पले भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडसँग पनि भारतभर इलेक्ट्रिक सवारी साधन चार्ज गर्ने पूर्वाधार स्थापना गर्न पनि साझेदारी गरेको छ । सो ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर इलेक्ट्रिक टु ह्विलरको चार्जिङलाई पनि समर्थन गर्नेछ ।
इलेक्ट्रिक सवारी साधनको वारेमा कसैले आलोचना गर्नु प¥यो भने सबैभन्दा पहिले...
जिली होल्डिङ समूहको रिडारा आरडी६ पिकअपले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप...
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...