स्कोडा स्लाभिया बन्न सक्छ २०२२ को गेम चेन्जर
स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा...
काठमाडौं – नेपाली बजारमा चांगन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि ग्रुपले के ग्लोबल फाउन्डेसनसँग भेइकल पार्टनरको रुपमा सहकार्य गरेको छ । के ग्लोबल फाउन्डेसनको हरेक सामाजिक पहलहरुमा चांगन अटोको साथ र सहयोग रहने जनाइएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहकार्य गरेको बताएको छ ।
के ग्लोबल फाउन्डेसन २०१९ मा स्थापना भएको मुनाफारहित संस्था हो । आफ्नो स्थापना कालदेखि नै समाजका विविध क्षेत्रमा निरन्तर रूपमा संलग्न रही पशु कल्याण, शिक्षा, वित्तीय साक्षरता, प्राथमिक दृष्टि सेवा एवम् खेलकुद विकासमा अग्रसर रहेको छ । विशेषत सो फाउन्डेसनले अल्पसंख्यक समुदायको हितमा कार्यक्रमहरु गर्दछ ।
रामेछापको एक विद्यालयको सहयोग कार्यक्रमबाट सहकार्यको सुरुवात गरिएको एमएडब्लु वृद्धि ग्रुपले बताएको छ । के ग्लोबल फाउन्डेसन टिमले सहयोगमा सहभागी हुन चांगन अटोको प्रिमियम लाइफस्टाइल पिकअप हन्टरको प्रयोग गरेको थियो । सो अवसरमा श्री देभिश्वर विद्यालयमा आवश्यक स्टेसनरी सामग्री, पानीको बोतल, र नोट कपीहरु वितरण गरिएको थियो । यसको अतिरिक्त टिमले स्थानीय र विद्यार्थीसँग अन्तरक्रिया गरेको थियो । विद्यार्थीहरुले चित्रकला कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
चांगन अटो नेपालले यो सुरुवात मात्र रहेको र आउने दिनहरुमा यस्तै र अझ बढी प्रभावकारी कार्यक्रममा सहभागी हुने जनाएको छ ।
स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा...
अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो...
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...