यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि
काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु...
काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ एक हप्ता लामो समय चलेर आगामी बैशाख २२ गते समापन हुनेछ । नेपालकै सर्वाधिक ठूलो बताइएको सो महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
‘महा एक्सचेन्ज मेला’ को उद्घाटन प्रख्यात नेपाली सिनेकर्मी अनमोल केसीद्वारा गरियो । उनले एक्सचेन्ज मेलामा राखिएका मोटरसाइकल र स्कुटरको वारेमा जानकारी लिनुका साथै हालै डिस्प्लेमा राखिएको नयाँ मोटरसाइकल एफजेड–एक्सको टेस्ट राइड समेत गरे । सो मोटरसाइकलको बुकिङ खुला गरिएको छ र औपचारिक रुपमा लन्च हुन बाँकी छ । यसको मूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको छ । मेलामा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहने कम्पनीले जनकारी दिएको छ ।
मेलामा केके छन् सुविधाहरू ?
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।
साथै सो ‘महा एक्सचेन्ज मेला’ मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९×१००० टाइम्स’ मा सहभागी हुने अवसर पाउनेछन् । ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९×१००० टाइम्स’ अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक रूपमा रू.२०७,९००/–, स्योर शटमा रू. ८,३१६ /– र बम्पर उपहारमा रू. २०.७९ लाखसम्म जित्न सक्नेछन् ।

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।
यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुबिधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसरिज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, ‘डोर प्राइज’, र ‘डेली क्विज’ जस्ता आकर्षणहरू रहेका छन् ।
‘गत वर्षझैँ नेपाली बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट नवीन टेक्नोलोजीहरूसँग परिचित गराउने उद्देश्यका साथ हामीले नेपालकै सर्वाधिक ठूलो यामाहाको ‘महा एक्सचेन्ज मेला’ आयोजना गरेका छौँ । यस मेलाको भरपूर लाभ उठाउन नेपाली बाइक प्रेमीहरूको उत्साहजनक सहभागीता रहनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’ यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।
काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु...
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल एफजेड–एस भी३ एबीएस बीएस६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...